बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

संघीय अस्पतालको आम्दानीको एक प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा गराइने, बीमा बोर्डलाई थप स्रोत प्राप्तिको बाटो खुल्यो

images
आइतबार, चैत १७ २०८१
images
images
संघीय अस्पतालको आम्दानीको एक प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा गराइने, बीमा बोर्डलाई थप स्रोत प्राप्तिको बाटो खुल्यो

अर्थ मन्त्रालयले सहमति जनाइसकेकाले स्वास्थ्य बीमा बोर्डलाई थप स्रोत प्राप्तिका लागि बाटो खुलेको छ। हालसम्म कोष नै सक्रिय नहुँदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत प्राप्त हुने रकम नै कोषको आयस्रोत बनेको थियो।

images
images

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पताल विकास समितिको कुल आम्दानीको एक प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा गराउने निर्णय गरेका छन्। 

images
images

आज मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमा ऐनमा व्यवस्था भए पनि हालसम्म सक्रिय नभएको स्वास्थ्य बीमा कोष सक्रिय बनाउने र सो रकम कोषमार्फत नै जम्मा गराउने निर्णय गरेका हुन्।

images
images

अर्थ मन्त्रालयले सहमति जनाइसकेकाले स्वास्थ्य बीमा बोर्डलाई थप स्रोत प्राप्तिका लागि बाटो खुलेको छ। हालसम्म कोष नै सक्रिय नहुँदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत प्राप्त हुने रकम नै कोषको आयस्रोत बनेको थियो।

images
images

मन्त्री पौडेलले स्वास्थ्य बीमा कोषलाई बलियो पारेर मात्र स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता वृद्धि गर्न सकिने विश्वास व्यक्त गरे। मन्त्री पौडेलले आगामी दिनमा स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा आधारित रहेर थप सुधार कार्य सरकारले अघि बढाउने बताए।

केही समयअघि सार्वजनिक गरिएको बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनले राज्यबाट वेतन खाने कर्मचारीको तलबको एक प्रतिशत कर्मचारी र बाँकी एक प्रतिशत राज्यले दिनुपर्ने तथा स्वास्थ्यमा असर पर्ने पदार्थको करको रकम कोषमा जाने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको छ।

स्वास्थ्य बीमा कोष बलियो पार्न अहिलेको निर्णयले योगदान दिने विश्वास गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए। रासस


प्रकाशित : आइतबार, चैत १७ २०८११३:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend