बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

बैंकहरुको ध्यान असुलीतर्फ हुँदा चैतमा कर्जा लगानी सुस्त, निरन्तर तरलता खिच्दै राष्ट्र बैंक

images
आइतबार, चैत १७ २०८१
images
images
बैंकहरुको ध्यान असुलीतर्फ हुँदा चैतमा कर्जा लगानी सुस्त, निरन्तर तरलता खिच्दै राष्ट्र बैंक

विगतमा चौथो त्रैमासमा आएपछि मात्रै बैंकहरुले हिसाबकिताब मिलाउन असुलीतर्फ ध्यान दिन्थे। तर, यसपटक खराब कर्जा र गैरबैंकिङ सम्पत्ति बिक्रीको दबाब भएकाले बैंकहरु चैतबाटै असुलीमा लाग्दा कर्जा प्रवाहमा कमी आएको हो।

images
images

काठमाडौं- चैतमा बैंकहरुले कर्जा प्रवाहभन्दा असुलीलाई प्रथामिकता दिँदा कर्जामा केही संकुचन देखिएको छ। चालु आर्थिक वर्षको अन्य महिनाको तुलनामा चैतमा कर्जा प्रवाहमा कमी देखिएको हो।

images
images

पुस मसान्तसम्ममा ९४ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले माघ १२ अर्बमात्रै लगानी गरेका थिए। फागुनमा २३ अर्ब कर्जा दिएका वाणिज्य बैंकको चैतमा आएर भने ७ अर्बले कर्जा लगानी घटिसकेको छ। उक्त कर्जाको तथ्यांकले बैंकहरु असुलीतर्फ केन्द्रित भएको देखाउँछ।

images
images

बैंकहरुको खराब कर्जा र पुँजीकोषमा दबाब देखिएपछि बैंकहरु ऋण उठाउनेतर्फ केन्द्रित भएका छन्। बैंकका सीईओहरु नै ऋण उठाउन खटिए पनि अर्थतन्त्रमा देखिएको शिथिलताका कारण कर्जा असुली बढ्न सकेको छैन।

images
images

विगतमा चौथो त्रैमास आएपछि मात्रै बैंकहरुले हिसाबकिताब मिलाउन असुलीतर्फ ध्यान दिन्थे। तर, यसपटक खराब कर्जा र गैरबैंकिङ सम्पत्ति बिक्रीको दबाब भएकाले बैंकहरु चैतबाटै असुलीमा लाग्दा कर्जा प्रवाहमा कमी आएको हो।

बढ्दो खराब कर्जा कारण बैंकहरुको प्रोभिजिनिङ घट्दा खुद नाफा र वितरणयोग्य नाफा दबाबमा छ। वितरणयोग्य नाफा ऋणात्मक हुँदाको असर बैंकहरुको पुँजीकोषमा परेको छ। पुँजीकोष समस्या समाधान गर्नका लागि राष्ट्र बैंकले अगाडि सारेको अविमोञ्य असञ्चित अग्राधिकार सेयर धितोपत्र बोर्डमा आएर अड्किएकाले कतिपय बैंकहरु समस्यामा छन्।

कतिपय सरकारी बैंकहरुको क्यापिटल प्लान अर्थ मन्त्रालयमा विचाराधीन रहेकाले कर्जा लगानीमा समस्या देखिएको छ। जसले गर्दा बैंकहरुको कर्जा लगानीमा समस्या भएको हो। तर, पछिल्लो समय अर्थतन्त्रमा केही आशावादी हुने संकेतहरु देखा परेका छन्। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो राष्ट्रिय लेखा तथ्यांक प्रतिवेदनले विगतमा ऋणात्मक रहेका क्षेत्रहरु सकारात्मक हुँदै गएको देखाएको छ।

विशेषगरी निर्माण क्षेत्रमा ७.१ प्रतिशत र थोक तथा खुद्रा व्यापार पनि उत्साहजनक वृद्धि देखिएको छ। जसले आगामी समयमा बैंकहरुको असुलीमाथि दबाब कम हुने अनुमान गरिएको छ।

अर्को बैंकिङ प्रणालीमा अधिक तरलता भएको भन्दै राष्ट्र बैंकले निरन्तररुपमा तरलता प्रशोचन गरिरहेको छ। यस वर्ष करिब ३ खर्बभन्दा बढी कर्जा प्रवाह भएकाले राष्ट्र बैंकमा बैंकहरुको निक्षेपमा केही कमी आएको छ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरणमा गरेर करिब २ खर्ब निक्षेप रहेको छ। राष्ट्र बैंकले आइतबार थप २५ अर्ब रूपैयाँ तरलता प्रशोचनका लागि बोलपत्र आह्वान गरेको छ।

अन्तरबैंक ब्याजदरलाई ३ प्रतिशतभन्द तल आउन नदिन राष्ट्र बैंकले निरन्तररुपमा तरलता प्रशोचन गरिरहेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दर ५ प्रतिशत, स्थायी निक्षेप सुविधा ३ प्रतिशत र बैंक दर ६.५ को सिमा राखेर मौद्रिक व्यवस्थापन गरिरहेको छ।

साधारण बचतकर्तालाई न्यूनतम ३ प्रतिशत ब्याजदर दिनसक्ने गरी राष्ट्र बैंकले खुला बजार कारोबार गरिरहेको छ। बैंकहरुले पनि राष्ट्र बैंकको निर्देशनबमोजिम साधारण बचतमा अधिकतम ३ र मुद्दती निक्षेपमा अधिकतम ६.५ प्रतिशत ब्याजदर दिइरहेका छन्।

निक्षेपको ब्याजदर घटेकाले सबै प्रकारका कर्जाको ब्याजदर एकल अंकमा आएको छ। बैंकहरुको भारित औषत कर्जाको ब्याजदर ८.५५ प्रतिशतमा आएको राष्ट्र बैंकले जनाएको छ। हाल बैंकहरुको औषत कर्जा निक्षेप अनुपात ७९.५३ प्रतिशत रहेको छ।

यस्तै कर्जा निक्षेप अनुपातका आधारमा बैंकहरुसँग ७ खर्ब रूपैयाँ लगानीयोग्य रकम रहेको छ।


प्रकाशित : आइतबार, चैत १७ २०८१११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend