बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

पूर्वराजा ज्ञानेन्द्र शाहसँग काठमाडौं महानगरले माग्यो ७ लाख ९३ हजार रूपैयाँ जरिवाना

images
शनिबार, चैत १६ २०८१
images
images
पूर्वराजा ज्ञानेन्द्र शाहसँग काठमाडौं महानगरले माग्यो ७ लाख ९३ हजार रूपैयाँ जरिवाना

राजावादीले गरेको प्रदर्शनमा काठमाडौं तीनकुनेमा व्यक्तिको घरमा तोडफोड र आगजनी गरेको समूहले कोटेश्वर भाटभटेनीमा लुटपाट मच्चाएको थियो।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रूपैयाँ जरिवाना तिराउने भएको छ।

images
images

शुक्रबार भएको राजावादीहरुको प्रदर्शनमा महानगभित्रका सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गरी क्षति पुर्‍याएको भन्दै महानगरले ज्ञानेन्द्र शाहलाई उक्त रकम बराबरको जरिवाना तिराउन लागेको हो।

images
images

प्रदर्शनका क्रममा रुखबिरुवामा क्षति पुर्‍याएको, रेलिङ तोडफोड गरेको, सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरणमा प्रदूषण गरेको भन्दै छुट्टाछुट्टै ८ वटा पत्र काटेर जरिवाना माग गरिएको छ।

images
images

काेटेश्वर तीनकुनेमा रुखबिरुवा, रेलिङमा क्षति पुर्‍याएबापत ४० हजार रूपैयाँ, तीनकुने आइल्याण्डमा तोडफोड गरेबापत २३ हजार रूपैयाँ तोकिएको छ।

यस्तै तीनकुने, सिनामंगल, बालकुमारी, जडीबुटी, महादेवस्थान, कोटेश्वर क्षेत्रकाे सडक तथा सडकपेटीमा फोहोरमैला गरी वातावरण प्रदूषित गराएबापत एक-एक लाख रूपैयाँ गरी ६ लाख रूपैयाँ जरिवाना तोकिएको छ।

तीनकुनेमा आगलागी नियन्त्रणका लागि गएको काठमाडौं महानगरको न्युरोड वारुणयन्त्रको दमकलसहित अग्निनियन्त्रकहरुलाई ढुंगामुढा गरी दमकल फुटाएको विषयमा महानगरले एक लाख ३० हजार रूपैयाँ जरिवाना माग गरेको छ। 

राजावादीले शुक्रबार गरेको प्रदर्शनमा काठमाडौं तीनकुनेमा व्यक्तिको घरमा तोडफोड र आगजनी गरेको समूहले कोटेश्वर भाटभटेनीमा लुटपाट मच्चाएको थियो। गाडीमा तोडफोड र आगजनी गर्ने, घरका सिसा फुटाउने, मोटरसाइकलमा आगजनी गर्ने र लुटपाटका काम भएका थिए।

राजा फर्काउन भन्दै गरिएको आन्दोलन अराजक भएपछि प्रशासनले काठमाडौंको कतिपय स्थानमा कर्फ्यू आदेश जारी गरेको थियो, जुन अहिले परिस्थिति सहज भएसँगै हटाइसकिएको छ।


प्रकाशित : शनिबार, चैत १६ २०८११६:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend