बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

वाडा अटो शोमा सवारी किन्नेका लागि सबै कम्पनीको आकर्षक अफर

images
शनिबार, चैत १६ २०८१
images
images
वाडा अटो शोमा सवारी किन्नेका लागि सबै कम्पनीको आकर्षक अफर

वाडा अटो शोमा राखिएका अन्य कार कम्पनीहरु, लवाइट कमर्सियल सवारी तथा मोटरसाइकल तथा स्कुटर कम्पनीले पनि उपभोक्त लक्षित अफरहरु ल्याएर सवारीसाधन प्रदर्शनीमा राखेका छन्। वाडा अटो शो भोली आइतबार साँझ सकिने छ।

images
images

पोखरा- पोखरामा बिहीबारदेखि सुरु भएको पहिलो वाडा अटो शो २०२५ आइतबार सकिने छ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको प्रस्तुतिमा नाडाकै सदस्य संस्था पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसन (वाडा)ले पहिलोपटक पोखरामा क्षेत्रीय अटो शो आयाजना गरेको हो। 

images
images

‘नाडा प्रिजेन्ट्स् वाडा अटो शो २०२५ काठमाडौं बाहिर गरिएको अटो शो हो। यो वर्षको वाडा अटो शोमा ७ वटा दुईपांग्रे ब्रान्ड, ६ वटा विद्युतीय लाइट कमर्सियल सवारी ब्रान्ड र १९ वटा चारपांग्रे ब्रान्डले सहभागिता जनाएका छन्। 

images
images

वाडा अटो शोमा सहभागी दुईपांग्रे ब्रान्डमा ट्रायम्फ, सुजुकी, रोयल इनफिल्ड, टीभीएस, एथर, यामाहा र बजाज रहेका छन्। यता चारपांग्रेतर्फ भने विद्युतीय सवारी ब्रान्डकै बाहुल्यता रहेको छ। चार पांग्रेतर्फ हुन्डाई, दिपल, स्काइवेल, ओमोडा र जेइको, निसान र जीकर, लिपमोटर्स र सिट्रोन, महिन्द्रा, सुजुकी, एमजी, एलईभी, टोयोटा, नामी, किया, इसुजु, केई, टाटालगायत ब्रान्ड रहेका छन्। 

images
images

त्यस्तै लाइट कमर्सिलय विद्युतीय सवारीतर्फ ६ ब्रान्डको सहभागिता रहेको छ। लाइट कमर्सियलतर्फ हाइगर, न्यू गोनाओ, स्काइवर्थ, डोङफेङ, कावे र कामा ब्रान्डका सवारी वाडा अटो शोमा प्रदर्शनीमा राखिएका छन्। 

यसैगरी २५ वटा सवारी पार्टपुर्जाका ब्रान्डहरुले सहभागिता जनाएका छन् बैंक र बीमा कम्पनी तथा रिकन्डिसन कम्पनी पनि वाडामा रहेका छन्। 

वाडा अटो शोमा सहभागी सबैजसो कम्पनीले विभिन्न अफर ल्याएर उपभोक्तालाई आकर्षित गरिरहेका छन्। थलिएको अटोमोबाइल व्यवसायलाई चलायमान बनाउन र क्षेत्रीय स्तरमा पनि अटोमोबाइल उपभोक्ताई भाइब्रेन्ट बनाउन आयोजना गरिएको वाडा अटो शोमा कम्पनीहरुले विभिन्न अफरहरु ल्याएका हुन्। 

बराल ग्रुपअन्तर्गत सञ्चालनमा रहेको एलिट मोटर्स प्रालि (निसान, ओमोडा एन्ड जेइको र जिकरका लागि आधिकारिक डिलर) र एसएसएल मोटर्स कम्पनी प्रालि (लिपमोटर र सिट्रनका लागि आधिकारिक डिलर) दुवै कम्पनीहरूले ‘वाडा अटो शो २०२५’ को लागि आकर्षक अफरहरू सार्वजनिक गरेका छन्। अटो प्रदर्शनीमा एलिट मोटर्सले विभिन्न प्रिमियम अटोमोटिभ ब्रान्डहरू राखेको छ जहाँ सहभागी तथा दर्शकहरूले अत्याधुनिक गाडी अनुभव गर्नुका साथै सीमित समयका लागि विशेष अफरहरूको लाभ लिन सक्नेछन्।

wada auto show (14).jpg

ओमोडा एन्ड जेइकोको स्टलमा विशेष वार्षिकोत्सव(एनिभर्सरी) लाभहरूसहित ‘वन यियर अफ इनोभेसन’ को उत्सव(ब्रान्डको नेपालमा पहिलो वार्षिकोत्सव) मनाइनेछ।

सीमित अवधिका लागि ग्राहकहरूले नयाँ ओमोडा एन्ड जेइको गाडी ५५ लाख ९९ हजार रुपैयाँको सुरुवाती मूल्यबाट बुकिङ तथा खरिद गर्न सक्नेछन, जसमा ५ लाख १५ हजार रुपैयाँ बराबरको लाभ मिल्नेछ। 

यी लाभहरूमा नगद छुट, आकर्षक एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क बीमा, साथै ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको उत्कृष्ट वारेन्टी समावेश छन्। त्यसैगरी ग्राहकहरूले निःशुल्क ७ किलोवाट वाल चार्जर र एक वर्षको निःशुल्क सडक कर पनि प्राप्त गर्नेछन्।

जिकरले पनि ग्राहकहरूका लागि विशेष अफरहरू ल्याएको छ, जसअन्तर्गत नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क ७ किलोवाटको चार्जर, र चालु आर्थिक वर्षको लागि निःशुल्क सडक कर समावेश छन्। 

साथै निसान म्याग्नाइटको नयाँ फेसलिफ्ट संस्करण, सुरुवाती मूल्य ३४ लाख ७५ हजार रुपैयाँसहित प्रदर्शनमा रहेको छ। यसमा २६ हजार ३ सय २० रुपैयाँको मासिक किस्तासहित आकर्षक फाइनान्सिङ सुविधाहरू समेटिएको छ। त्यसैगरी ग्राहकहरूले एक वर्षको विस्तृत बीमा, चालु आर्थिक वर्षको लागि निःशुल्क सडक कर, र तीन वर्षसम्म निःशुल्क सर्भिसिङ तथा वारेन्टीको सुविधा प्राप्त गर्नेछन्।

wada auto show (28).jpg

त्यसैगरी लिपमोटरले वाडा मा नाडा अफर घोषणा गरेको छ, जसअन्तर्गत लिपमोटर सी टेन ६७ लाख ९९ हजार रुपैयाँको विशेष मूल्यमा बुक गर्न सकिनेछ। वाडा विशेष अफरहरूमा २० प्रतिशत डाउनपेमेन्ट, निःशुल्क ७ किलोवाटको चार्जर, निःशुल्क सडक कर आदि छन्। एलिट मोटर्स र एसएसएल मोटर्स दुवैले ग्राहकहरूको अटोमोटिभ तथा ड्राइभिङ अनुभवलाई अझ सहज, किफायती र उत्साहजनक बनाउन निरन्तर प्रयास गर्दै आइरहेको छ।

वाडा अटो शो २०२५ कै क्रममा टाटा मोटर्सले हालै नेपाल भित्रिएको कर्भ ईभी कुपे र नेक्सन केथ्री ईभी पोखरामा सार्वजनिक गरेको हो।  टाटा नेक्सन के३ ईभीमा १ सय ९० मिमि ग्राउन्ड क्लियरेन्स, ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, १२ इन्च टचस्क्रिन जस्ता विशेषताहरू रहेका छन्। यसले नेपाली भौगोलिक अवस्था अनुरूप सहज यात्रा दिने विश्वास गरिएको छ। यस गाडीको सुरुवाती मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

wada auto show (1).jpg

कर्भ ईभीमा ५५ किलोवाट आवरको ब्याट्री प्याक र ९८ किलोवाट क्षमताको विद्युतीय मोटर रहेको छ। ५०० लिटरको बुटस्पेस र १८६ एमएमको ग्राउन्ड क्लियरेन्स भएकोले नेपाली बाटोमा सजिलै आरामदायी यात्रा गर्न सकिनेछ। जसको टप भेरियन्टको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ रहेको छ।

वाडा अटो शोको स्टिल नम्बर (ए३) मा टाटाका कभ र्ईभी र नेक्सन केथ्री ईभी अवलोकनका साथै बुकिङ गर्न सकिने र त्यसक्रममा उपभोक्ताले आकर्षक अफर पाउने कम्पनीले जनाएको छ। 

एमजीले पनि वाडा अटो शोमा कोमेट ईभी र हालै नेपाली बजारमा सार्वजनिक भएको एमजी एस फाइभ ईभी प्रदर्शनीमा राखेको छ। उपभोक्ताको आकर्षण देखिएको एमजी एस फाइभ कम्पनीले निक्कै आकर्षक मूल्यमा सार्वजनिक गरेको थियो। एमजीले पनि वाडा अटो शोमा सवारी बुकिङ गर्ने र खरिद गर्नेहरुका लागि विभिन्न स्किमहरु ल्याएको जनाएको छ।

wada auto show (6).jpg

वाडा अटो शोमा हुन्डाईले पनि केही दिनअघिमात्र नेपालमा सार्वजनिक भएको हुन्डाई क्रेटा ईभी र नेपालमै बनेको क्रेटा ईभी प्रदर्शनीका लागि राखेको छ। त्यस्तै हुन्डाईले नेपालमै बनेको भन्यू पनि वाडामा राखेको छ। भेन्यू तथा नेपालमै बनेको क्रेटामा हुन्डाईले विभिन्न उपहार तथा अफर राखेको जनाएको छ। 

hyundai Creta ev.jpg

नेपालमा पहिलो पटक प्रदर्शनीमा राखिएको एलईभी ०१ खरिद गर्दा ३ लाख रुपैयाँ बराबरको छुट पाइने भएको छ। नेपालका लागि एलईभीको आधिकारिक बिक्रेता नेक्सन भेन्चर्सले पोखरामा जारी वाडा अटो शो २०२५ मा एलईभी ०१ खरिद ३ लाख रुपैयाँ बराबरको छुट दिने घोषणा गरेको हो।

कम्पनीका अनुसार वाडा अटोशोमा एलईभी ०१ खरिद गर्नेले  १ वर्षको अटोप्लस इन्स्योरेन्स, एक्सचेन्ज बोनस, लोयल्टी बोनस, ७ किलोवाटको होम चार्जरका साथै स्पेशल नगद छुट समेत पाउने छन्।

नेपाली बजारमा एलएस अटोको एलईभी ०१ एसई र सीई गरी दुई भेरियन्टमा उपलब्ध छ। ६७.१ किलोवाट आवरको ब्याट्रीप्याक रहेको यो ईभीमा ९९ किलोवाटको मोटर रहेको छ। यसलाई एकपटकको फुलचार्जमा ५ सय किलोमिटरको रेन्ज पाउन सकिने कम्पनीको दाबी छ।

LS-Auto lev01.jpg

एलईभी ०१ को सीई भेरियन्टको मूल्य ६१ लाख ९५ हजार रुपैयाँ र एसई भेरियन्टको ६९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ। 

नेपाली ईभीप्रेमीहरुका लागि प्रिमियम ईभीको पहुँचलाई अझ धेरै सहज बनाउन सफल दिपल ईभीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले आकर्षक न्यूनतम डाउन पेमेन्ट स्किम घोषणा गरेको थियो। वाडा अटो शोमा राखिएको दिपलका ईभीहरुमा पनि यो अफर लागु रहेको कम्पनीले जनाएको छ। त्यस्तै एमएडब्लू समूहले ल्याएको डोङफेङ नामी ईभीमा पनि वाडा अटो शोका लागि विभिन्न अफर ल्याएर प्रदर्शनीमा राखिएको छ। 

wada auto show (15).jpg

दिपलका ईभीहरु २० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्न सकिनेछ। दिपलको प्रिमियम ईभीहरु एल०७ लाई मात्र १३ लाख ९९ हजार रुपैयाँ, एस०७ १४ लाख ९९ हजार रुपैयाँ र एस०७ एल मात्र १६ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्ट गरी आफ्नो बनाउन सकिने एमएडब्लू वृद्धि अटोकर्पले जनाएको छ।

wada auto show (26).jpg

नेपाली बजारमा उपलब्ध लक्जरी एसयूभी स्काइवेलको आधिकारिक बिक्रेता जी मोटर्सले वाडा अटो शोमा स्काइवेलका विद्युतीय कार प्रदर्शनीमा राखेको छ। कम्पनीले नेपालमा पाइने विद्युतीय सवारी साधनहहरु मध्ये सबैभन्दा बढी ६ सय २० किलोमिटर रेन्ज भएको प्रिमियम एसयूभी स्काइवेल ईटी फाइभ नेपाली बजारमा एक वर्ष अगाडि ल्याएको थियो।

skywell 1.jpg

एक करोड १५ लाख रुपैयाँ मूल्यसम्म पर्ने स्काइवेलका एसयूभीको सुरुवाती भेरिएन्टको ४१० किलोमिटर रेन्ज भएको एसयूभी नै ७९ लाख ९० हजार रुपैयाँ मूल्य पर्छ। यसै वर्ष स्काइवेलले अहिले सम्मकै प्रिमियम फिचर भएको सानो एसयूभी पनि लिएर आउने कम्पनीको भनाइ छ।

स्काइवेलको पोखरा वितरक इको मोटर्स प्रालिले वाडा अटो शो २०२५ मार्फत स्काइवेलका विद्युतीय एसयूभी बुकिङ गर्नेले आकर्षक छुट तथा अफरहरु पाउने बताएको छ। 

wada auto show (3).jpg

यसका साथै वाडा अटो शोमा राखिएका अन्य कार कम्पनीहरु, लवाइट कमर्सियल सवारी तथा मोटरसाइकल तथा स्कुटर कम्पनीले पनि उपभोक्त लक्षित अफरहरु ल्याएर सवारीसाधन प्रदर्शनीमा राखेका छन्। वाडा अटो शो भोली आइतबार साँझ सकिने छ।  


प्रकाशित : शनिबार, चैत १६ २०८११५:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend