बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

पूर्वराजाका समर्थकले तोडफोड गरेको क्षेत्रमा गृहमन्त्रीले गरे निरीक्षण, दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता

images
शनिबार, चैत १६ २०८१
images
images
पूर्वराजाका समर्थकले तोडफोड गरेको क्षेत्रमा गृहमन्त्रीले गरे निरीक्षण, दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता

उनले भने, 'लोकतान्त्रिक गणतन्त्रमा आपसी प्रतिस्पर्धा हुन्छन्। जनताको अभिमतअनुसार सरकार पक्ष र प्रतिपक्ष हुन्छ। तर जब व्यवस्थाविरुद्ध कसैले उद्दण्डता प्रदर्शन गर्छ भने त्यसको एकाकार भइ प्रतिवाद गर्नुपर्छ।'

images
images

काठमाडौं- गृहमन्त्री रमेश लेखकले पूर्वराजाका समर्थकहरुले शुक्रबार काठमाडौंको तीनकुने, कोटेश्वरलगायत क्षेत्रमा गरेको तोडफोड, आगजनी र लुटपाट गरेका क्षेत्रको निरीक्षण गरेका छन्।

images
images

गृहमन्त्री लेखकसहित गृहसचिव गोकर्णमणि दुवाडी र गृहमन्त्रालयका उच्चपदस्थ अधिकारी र प्रहरी अधिकृतहरुले आगजनी भएको तीनकुनेस्थित निजी घर, कान्तिपुर टेलिभिजनको कार्यालय, अन्नपूर्ण पोष्ट दैनिक, जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय र कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटको निरीक्षण गरेका हुन्।

images
images

निरीक्षणका क्रममा गृहमन्त्री लेखकले सञ्चारगृहमाथिको आक्रमण निन्दनीय भएको र घटनामा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउने बताए। उनले लोकतन्त्रको महत्वपूर्ण अङ्ग सञ्चारमाध्यमलाई ध्वस्त पार्ने कोसिस गरेकामा त्यसको निन्दा गर्दै दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे।

images
images

उनले भने, 'लोकतान्त्रिक गणतन्त्रमा आपसी प्रतिस्पर्धा हुन्छन्। जनताको अभिमतअनुसार सरकार पक्ष र प्रतिपक्ष हुन्छ। तर जब व्यवस्थाविरुद्ध कसैले उद्दण्डता प्रदर्शन गर्छ भने त्यसको एकाकार भइ प्रतिवाद गर्नुपर्छ।' रासस


प्रकाशित : शनिबार, चैत १६ २०८११३:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend