बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

डिभिजन वन कार्यालय तनहुँमा ४० हजार बिरुवा उत्पादन

images
शनिबार, चैत १६ २०८१
images
images
डिभिजन वन कार्यालय तनहुँमा ४० हजार बिरुवा उत्पादन

गत आर्थिक वर्षमा कार्यालयले ८२ हजार बिरुवा वितरण गरेको थियो। जिल्लाका विभिन्न स्थानबाट बिरुवा लिनका लागि कृषकहरु कार्यालयमा आउने गरेका छन्।

images
images

तनहुँ- डिभिजन वन कार्यालय तनहुँले ४० हजार बिरुवा उत्पादन गरी वितरणको तयारी गरेको छ। कार्यालयको हाताभित्र रहेको नर्सरीमा विभिन्न प्रजातिका ४० हजार बिरुवा उत्पादनको तयारी गरिएको कार्यालयले जनाएको छ। 

images
images

कार्यालयका सहायक वन अधिकृत नवीन विकले पाँच हजार जडीबुटीका बिरुवा, पाँच हजार बहुवर्षीयअन्तर्गत बिरुवा र ३० हजार अन्य बिरुवा उत्पादन भइरहेको जानकारी दिए। उनका अनुसार जडीबुटीअन्तर्गत टिमुर, सिप्लीगान, दालचिनीलगायतका बिरुवा उत्पादन भइरहेको छ। 

images
images

कार्यालयले यहाँ उत्पादित बिरुवा सर्वसाधारण एवं समूहलाई निःशुल्क वितरण गर्ने गर्दछ। गत आर्थिक वर्षमा कार्यालयले ८२ हजार बिरुवा वितरण गरेको थियो। जिल्लाका विभिन्न स्थानबाट बिरुवा लिनका लागि कृषकहरु कार्यालयमा आउने गरेका छन्।

images
images

कार्यालयमा अन्यभन्दा डालेघाँसको माग बढी रहेको छ। पशुपालनमा सक्रिय कृषकहरु डालेघाँसका लागि बिरुवा लिन आउने गरेको विकको भनाइ छ। 

कार्यालयबाट तेजपात, बेल, टिमुर, अशोका, कमपुर, म्याङ्गो स्टिक, अम्बा, सिप्लीगान, राजवृक्ष, पारिजात, शितलचिनी, बडहर, इपिल इपिल, लप्सी, अमला, चाँप, निमारो, कटहरे, जामुन, कल्की, हर्रो, बर्रो, सिरिष प्रजातिका बिरुवा वितरण गरिनेछ। विकले भने, 'बिरुवा लगेर मात्र हुँदैन, त्यसलाई संरक्षण गरेर हुर्काउनुपर्छ, बिरुवा लैजानेलाई पनि यस बारेमा सचेत गराउँछौँ।' 

कार्यालयले जिल्लाका विभिन्न सामुदायिक तथा निजी वनमा वृक्षरोपणका लागि समेत बिरुवा वितरण गर्ने गरेको छ। जिल्लालाई हरियाली बनाउन र वन हराभरा बनाउन बिरुवा वितरणलाई अभियानकै रुपमा अगाडि बढाइएको डिभिजन वन कार्यालयका प्रमुख शरद् अधिकारीले जानकारी दिए।

जिल्लाका कुल क्षेत्रफलमध्ये करिब ७२ हजार ८० हेक्टर वनले ओगेटेको छ। जिल्लाभर ६१६ वटा सामुदायिक वन र ४८५ वटा कबुलियती वन रहेको छ। रासस


प्रकाशित : शनिबार, चैत १६ २०८११२:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend