बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

तटीय क्षेत्रका बस्ती संरक्षण गर्न १३ स्थानमा तटबन्ध

images
शनिबार, चैत १६ २०८१
images
images
तटीय क्षेत्रका बस्ती संरक्षण गर्न १३ स्थानमा तटबन्ध
फाइल तस्बिर

बडिगाडखोला, नरेठाँटी दोभान, खाल बजार, दोगाडी, पाँचमुरे र काठेखोलामा काम सुरु भएको बताइएको छ।

images
images

बागलुङ- बस्ती संरक्षणका लागि बागलुङका १३ स्थानमा तटबन्ध गर्न थालिएको छ। चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट तटबन्ध गर्न थालिएको हो।

images
images

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङमार्फत जिल्लाको गलकोट, बागलुङ, ढोरपाटन, बडिगाड र बरेङसहितका पालिकाका विभिन्न स्थानमा तटबन्धको काम भइरहेको छ। तीमध्ये हालसम्म सात योजना सकिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए।

images
images

हालसम्म गलकोट नगरपालिका-५ स्थित खहरेखोला, वडा नं ९ स्थित दरमखोला, वडा नं ३ स्थित गौदीखोला, हटिया, वडा नं १ स्थित दूधिलाभाटी र बागलुङ नगरपालिका-३ स्थित ढोण पिपलबाटोमा काम सम्पन्न भएको उजको भनाइ छ।

images
images

उनका अनुसार बडिगाडखोला, नरेठाँटी दोभान, खाल बजार, दोगाडी, पाँचमुरे र काठेखोलामा काम सुरु भएको छ।

सबै योजना असार मसान्तभित्रै सक्ने गरी काम भइरहेको प्रमुख पौडेलले जानकारी दिए। यस वर्ष जिल्लाभर एक करोड ६० लाख रूपैयाँमा तटबन्ध तथा बस्ती संरक्षणको काम भइरहेको उनी बताउँछन्।

प्रमुख पौडेलले भने, 'यस वर्ष प्रदेश सरकारबाट नीति तथा कार्यक्रममा समावेश भएका योजना कार्यान्वयनको चरणमा छन्, अधिकांश योजना सम्पन्न भइसकेका छन्, केही सकिने अवस्थामा छन्, भने केही साना योजना सम्झौता गरेर काम सुरु हुने चरणमा छन्, हामीहरुले समयमै सबै योजना सक्ने गरी कामको गतिलाई तीव्र बनाएका छौँ।'

गलकोट-३ का स्थानीय कुलबहादुर खत्रीले दरमखोलामा तटबन्ध भएपछि बर्खामा खोला बस्तीमा पस्ने जोखिम कम भएको बताए। खोला किनारमा बाक्लो बस्ती रहेको तर अहिलेसम्म तटबन्ध नहुँदा दरमखोला तटका स्थानीय त्रासमा बस्नु परेको भन्दै अब बाढी पस्ने सम्भावना कम भएको उनले सुनाए। दरमखोलाको धेरै क्षेत्रमा अझै तटबन्ध गर्न आवश्यक रहेको खत्रीको भनाइ छ।

'हिउँदको समयमा खोलामा पानीको सहत घट्छ, जब बर्खा लाग्छ, तब सानो खोला पनि उर्लिएर माथि आउँछ, यसले गर्दा खोला नजिकका बस्ती जोखिममा छन्', उनले भने, 'अहिले केही ठाउँमा भए पनि तटबन्ध भयो, सरकारले आगामी वर्षमा अन्य ठाउँमा पनि तटबन्ध गर्न बजेट विनियोजन गर्‍यो भने बस्ती संरक्षण गर्न सजिलो हुने थियो।' रासस


प्रकाशित : शनिबार, चैत १६ २०८११२:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend