सोमबार, चैत १८ गते २०८१    
सोमबार, चैत १८ २०८१
images
images

राजावादी समूहको प्रदर्शन उग्र, भाटभटेनी पसेर गरे लुटपाट

विभिन्न स्थानमा कर्फ्यू आदेश जारी

images
शुक्रबार, चैत १५ २०८१
images
images
राजावादी समूहको प्रदर्शन उग्र, भाटभटेनी पसेर गरे लुटपाट

गाडीमा तोडफोड र आगजनी गर्ने, घरका सिसा फुटाउने, मोटरसाइकलमा आगजनी गर्ने र लुटपाट गर्ने काम गरिरहेका छन्।

images
images

काठमाडौं‌- राजावादी समूहको प्रदर्शन उग्र बनेको छ। काठमाडौं तीनकुनेमा व्यक्तिको घरमा तोडफोड र आगजनी गरेको समूहले कोटेश्वर भाटभटेनीमा लुटपाट मच्चाएको छ।

images
images

तीनकुनेनजिकै आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा आगजनीसमेत गरेको समूहले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणमा तोडफोड गरी त्यहाँ पार्किङमा राखिएको मोटरसाइकलहरू जलाएको छ।  

images
images

राजसंस्था समर्थित प्रदर्शनकारीले आगजनी र तोडफोड गर्दै निषेधित क्षेत्रतर्फ अघि बढेपछि तीनकुनेमा प्रहरीसँग झडपसमेत भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यले जानकारी दिए।

images
images

'प्रहरीले संयमित भएर आफ्नो कर्तव्य निर्वाह गरेको छ', उनले भने, 'प्रदर्शनकारीहरुले केही घरमा आगजनी र तोडफोड गरेका छन्, क्षतिको विस्तृत विवरण आउन बाँकी छ।' झडपका क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते समेत भएका छन्।

निषेधित क्षेत्र तोडेर प्रदर्शनकारी अगाडि बढ्न थालेपछि प्रहरीले स्थितिलाई सामान्य बनाउन पानीको फोहोरा र अश्रुग्यास प्रयोग गर्नुपरेको थियो। त्यसअवसरमा प्रदर्शनकारीले निजी सवारीसाधन प्रयोग गरी प्रहरीको घेरा तोड्दै निषेधित क्षेत्रमा प्रवेश गरेको उनले उल्लेख गरे।

गाडीमा तोडफोड र आगजनी गर्ने, घरका सिसा फुटाउने, मोटरसाइकलमा आगजनी गर्ने र लुटपाट गर्ने काम गरिरहेका छन्। राजा फर्काउन भन्दै गरिएको आन्दोलन अराजक भइरहँदा प्रशासनले काठमाडौंको कतिपय स्थानमा कर्फ्यू आदेश जारी गरेको छ। 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्र आसपासमा कर्फ्यू आदेश जारी गरेको छ।  प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आज अपराह्न ४ः२५ देखि राति १० बजेसम्म कर्फ्यू जारी गरेका हुन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार बानेश्वर-तीनकुने क्षेत्र, गौशला-विमानस्थल-गैरीधारा-तीनकुने हुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरदेखि बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शङ्खमुल पुलसम्म र गौशला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कुनैपनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी भएको छ।


प्रकाशित : शुक्रबार, चैत १५ २०८११६:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend