सोमबार, चैत १८ गते २०८१    
सोमबार, चैत १८ २०८१
images
images

उद्योगमा लोडसेडिङ हट्ने विषयले सकारात्मक र हर्षित छौँ : सिमेन्ट उत्पादक संघ

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १५ २०८१
images
images
उद्योगमा लोडसेडिङ हट्ने विषयले सकारात्मक र हर्षित छौँ : सिमेन्ट उत्पादक संघ

औद्योगिक क्षेत्रले बिनालोडसेडिङ निरन्तर २४सै घण्टा आवश्यकता अनुसारको विद्युत प्राप्त हुने सुनिश्चितता प्रदान गरी उद्योग व्यवसाय प्रबर्द्धनमा आवश्यक सहयोग र समन्वय गर्ने विश्वास लिएको संघले जनाएको छ।

images
images

काठमाडौं- नेपाल सिमेन्ट उत्पादक संघले उद्योगहरूले भोगिरहेको दैनिक १२ घण्टासम्मको लोडसेडिङ अन्त्य हुने विषयले आफूहरू सकारात्मक र हर्षित भएको जनाएको छ। 

images
images

नेपाल सिमेन्ट उत्पादक संघले विज्ञप्ति जारी गर्दै भारतबाट रातिको समयमा भनि विद्युत खरिद हुने र ६ सय मेगावाटसम्म बिजुली आउने विषय सकारात्मक भएको जनाएको छ। 

images
images

'नेपालमा औद्योगिक क्षेत्रहरु, खास गरी सिमेन्ट उत्पादन गर्ने लगायतका ठूला उद्योगहरुमा दैनिक २४ सै घण्टा विद्युत आपूर्ति हुन नसक्दा (१२ घण्टा वा सो भन्दा बढि समय लोडसेडिङ भएका कारण) उत्पादन क्षमता अनुसार सिमेन्ट उत्पादन हुन नसकेको, उत्पादन लागत अत्याधिक वृद्धि भएको, मेसिन उपकरणमा क्षति पुग्न गएको कारण ठूलो नोक्सानी र मर्का परि रहेको तथा सोही कारण औद्योगिक उत्पादन, रोजगारी सिर्जना, राजस्व अभिबृद्धि, निर्यात प्रबर्द्धन समेतमा गम्भीर रुपमा असर परेको यथार्थ व्यहोरा सम्बन्धित सबै सरोकारवालाहरुलाई जानकारी रहे, भएकै विषय हो' विज्ञप्तिमा भनिएको छ।

images
images

'हालै नेपाल सरकार र नेपाल विद्युत प्राधिकरण समेतको पहलमा अब भारतबाट रातीको समयमा पनि थप विद्युत आपूर्ति हुने र औद्योगिक क्षेत्रमा लोडसेडिङ पूर्णरुपमा हटाउने भनी प्रकाशित, प्रचारित समाचार, सूचना, जानकारीबाट नेपाल सिमेन्ट उत्पादक संघ र यस संघसंग आबद्ध उद्योगी व्यवसायीहरु लोडसेडिङ घट्नेछ भन्ने आशाका साथ उक्त विषय प्रति अत्यन्तै सकारात्मकताका साथ हर्षित भएका छौँ' विज्ञप्तिमा भनिएको छ।

नेपाल सरकार, नेपाल विद्युत प्राधिकरणको सुझबुझ नेतृत्वबाट नेपालको औद्योगिक क्षेत्रले बिनालोडसेडिङ निरन्तर २४सै घण्टा आवश्यकता अनुसारको विद्युत प्राप्त हुने सुनिश्चितता प्रदान गरी उद्योग व्यवसाय प्रबर्द्धनमा आवश्यक सहयोग र समन्वय गर्ने विश्वास लिएको संघले जनाएको छ।

'थप विद्युत आयात गरी उद्योग प्रतिष्ठानको लोडसेडिङ कमी गर्ने गराउने र महत्वपूर्ण अभिभावकीय जिम्मेवारी शीघ्र पूरा गर्न सफल होस् भन्ने हार्दिक शुभेच्छासहित धन्यवाद व्यक्त गर्दछौँ' विज्ञप्तिमा भनिएको छ।


प्रकाशित : शुक्रबार, चैत १५ २०८११४:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend