सोमबार, चैत १८ गते २०८१    
सोमबार, चैत १८ २०८१
images
images

ग्लोबल आईएमई बैंक र आईएफसीबीच डिजिटल ट्रान्सफरमेसन तथा एम्बेडेड फाइनान्स एडभाइजरी साझेदारी

images
बिहीबार , चैत १४ २०८१
images
images
ग्लोबल आईएमई बैंक र आईएफसीबीच डिजिटल ट्रान्सफरमेसन तथा एम्बेडेड फाइनान्स एडभाइजरी साझेदारी

साथै, आईएफसीले एम्बेडेड फाइनान्स मोडेलहरु प्रवर्द्धन गर्न फिनटेकको सम्भाव्यता अध्ययन गरी ग्लोबल आईएमई बैंकलाई सल्लाह प्रदान गर्नेछ।

images
images

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडलहरु अगाडि बढाउन एड्भाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

images
images

सम्झौतामा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईएफसीको तर्फबाट एफआईजी, एसिया र प्यासिफिक रिजनल इन्ड्रष्टी डाइरेक्टर एलेन फोर्लेमुले हस्ताक्षर गरेका छन्।

images
images

यस सम्झौताअनुसार, विश्व बैंक समूहअन्तर्गत रहेको आईएफसीले ग्लोबल आईएमई बैंकको डिजिटल रुपान्तरण तथा डाटा म्याचुरिटि मूल्यांकन गर्ने, सुधार गर्न आवश्यक रहेका क्षेत्रहरु पहिचान गर्ने र बैंकको डिजिटल बैंकिङ क्षमता अभिवृद्धि गर्नका लागि रणनीतिक सुझाव प्रदान गर्नेछ।

images
images

साथै, आईएफसीले एम्बेडेड फाइनान्स मोडेलहरु प्रवर्द्धन गर्न फिनटेकको सम्भाव्यता अध्ययन गरी ग्लोबल आईएमई बैंकलाई सल्लाह प्रदान गर्नेछ।

यस समझदारीपश्चात् बैंकमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरुलाई रुपान्तरण गरी नवीन र प्रविधीमैत्री सेवाहरु विकास गर्न सहज हुने विश्वास बैंकले लिएको छ।

ग्लोबल आईएमई बैंकले आफ्नो ग्राहकहरुलाई अन्तर्राष्ट्रिय स्तरको डिजिटल बैंकिग सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी दिदै यस सम्झौताले बैंकको डिजिटल बैंकिङको प्रवर्द्धनमा सहयोग पुग्नुका साथै फिनटेकमा नयाँनयाँ विकास र प्रयोग गर्न सहयोग पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बताए।

उनले डिजिटल बैंकिङ र फिनटेक साझेदारीमा आईएफसीले विश्वभरीबाट आर्जन गरेको ज्ञान र अनुभवले नेपालको बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।


प्रकाशित : बिहीबार , चैत १४ २०८११८:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend