बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

लोकसेवाको स्थगित परीक्षाहरू फागुन ६ गतेदेखि हुँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २० २०७८
images
images
लोकसेवाको स्थगित परीक्षाहरू फागुन ६ गतेदेखि हुँदै
images
images

काठमाडौं- लोकसेवा आयोगले कोभिड-१९ महामारीका कारण स्थगन गरिएका परीक्षाहरू आगामी फागुन ६ गतेदेखि प्रारम्भ गर्ने भएको छ। आयोगको बुधबारको बैठकले उपसचिव वा सोसरहका विभिन्न सेवाका ७८ पदका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

images
images

आयोगले जारी गरेको सूचनाअनुसार  स्थगन भएका उपसचिव वा सोसरह (अप्राविधिक/प्राविधिक), शाखा अधिकृत वा सोसरह (प्राविधिक) र स्वास्थ्य सेवातर्फ नवौँ, आठौँ र सातौँ तहका ती पदको परीक्षा फागुन ६ गतेदेखि सुरु हुने छन्।

images
images

न्याय, कानुन, सरकारी वकिल, प्रशासन, सामान्य प्रशासन, राजस्व, सङ्घीय संसद्, आर्थिक योजना तथा तथ्याङ्क, इञ्जीनियरिङ, सिभिल, जनरल, हाइवे, इरिगेशन, हाइड्रोपावर, हाइड्रोलोजी, मेटेरियोलोजी, सर्भे, वन, शिक्षा, माइनिङ, कृषि, पुस्तकालय विज्ञान, स्यानिटरीलगायत सेवाका परीक्षा हुने सूचनामा जनाइएको छ।

images
images

सर्वोच्च अदालत र उच्च अदालतमा रिट निवदेन परी अदालतको आदेशअनुसार स्थगन परीक्षाहरूको हकमा अदालतबाट आदेश हुनासाथ यथाशीघ्र पुनः तालिकीकरण गरी सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डअनुरुप परीक्षा सञ्चालन गरिने सूचनामा उल्लेख छ। रासस


प्रकाशित : बिहीबार , माघ २० २०७८१३:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend