मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

लगातार सुधारतर्फ देखियो सेयर बजार, आउने साता पनि लेला उचाइकै लय?

बिहीबार , चैत १४ २०८१
लगातार सुधारतर्फ देखियो सेयर बजार, आउने साता पनि लेला उचाइकै लय?

काठमाडौं- सेयर बजारले पुन: सुधारतर्फको लय देखाएको छ। लामो समयदेखि उतारचढावमा रहँदै ओरालो गतितिरै बढी देखिएको बजार लगातार दुई दिनको कारोबारमा राम्रो सुधारतर्फ लागेको हो।

बुधबार ३९.१३ अंकले बढेको बजार साताको अन्तिम कारोबारमा बिहीबार ४१.६७ अंकले बढेर २६६३.५४ बिन्दुमा पुगेको छ। ५ अर्ब २२ करोड ३० लाख रुपैयाँको कारोबार भएको बजारमा २२७ कम्पनीको सेयर मूल्य बढेको छ। 

यो साता पहिलो कारोबारमा आइतबार ५३.०४ अंकले घटेको बजार सोमबार २६.१० अंकले बढेको थियो। मंगलबार पुन: ५८.०५ अंकले घटेको बजार बुधबार ३९.१३ अंकले बढेको थियो। 

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाँति भइरहँदा चैत महिनामा बजार उतारचढावबीच लगातार ओरालोतिर नै देखिएको थियो। दुई दिनको राम्रो वृद्धिले बजारको अवस्था यकिन गर्न नसकिने भए पनि सुधारतर्फ जाने अवस्था देखिएको विश्लेषकहरू बताउँछन्। 

पर्ख र हेरको सोचमा रहेका लगानीकर्ताहरूले बजारको स्थायी सुधारका लागि राजनीतिक र नीतिगत स्थिरता चाहने विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : बिहीबार , चैत १४ २०८११५:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend