सोमबार, चैत १८ गते २०८१    
सोमबार, चैत १८ २०८१
images
images

पोखरामा पहिलोपटक सुरू भयो क्षेत्रीय अटो शो

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १४ २०८१
images
images
पोखरामा पहिलोपटक सुरू भयो क्षेत्रीय अटो शो

वाडा अटो शोमा सहभागी दुईपांग्रे ब्रान्डमा ट्रायम्फ, सुजुकी, रोयल इनफिल्ड, टीभीएस, एथर, यामाहा र बजाज रहेका छन्। दुईपांग्रेमा विद्युतीय सवारी ब्रान्ड एथरमात्रै रहेको छ।

images
images

काठमाडौं- पोखरामा पहिलोपटक आयोजना भएको क्षेत्रीयस्तरको 'अटो शो' सुरू भएको छ।

images
images

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुतिमा नाडाकै सदस्य संस्था पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसन (वाड)ले पहिलोपटक पोखरामा क्षेत्रीय अटो शो आयाजना गरेको हो। बिहीबारदेखि सुरु भएको वाडा अटो शो १७ गतेसम्म हुनेछ।

images
images

‘नाडा प्रिजेन्ट्स् वाडा अटो शो २०२५’ घोषणा गरेर नाडाले पहिलोपटक काठमाडौं बाहिर अटो शो गरेको हो।

images
images

यो वर्षको वाडा अटो शोमा ७ वटा दुईपांग्रे ब्रान्ड, ६ वटा विद्युतीय लाइट कमर्सियल सवारी ब्रान्ड र १९ वटा चारपांग्रे ब्रान्डले सहभागिता जनाएका छन्। 

वाडा अटो शोमा सहभागी दुईपांग्रे ब्रान्डमा ट्रायम्फ, सुजुकी, रोयल इनफिल्ड, टीभीएस, एथर, यामाहा र बजाज रहेका छन्। दुईपांग्रेमा विद्युतीय सवारी ब्रान्ड एथरमात्रै रहेको छ। 

यता चारपांग्रेतर्फ भने विद्युतीय सवारी ब्रान्डकै बाहुल्यता रहेको छ। चार पांग्रेतर्फ हुन्डाई, दिपल, स्काइवेल, ओमोडा/जेइको, निसान/जीकर, लिपमोटर्स/सिट्रोन, महिन्द्रा, सुजुकी, एमजी, एलईभी, टोयोटा, नामी, किया, इसुजु, केई, टाटालगायत ब्रान्ड रहेका छन्। 

त्यस्तै लाइट कमर्सिलय विद्युतीय सवारीतर्फ पाँच ब्रान्डको सहभागिता रहेको छ। लाइट कमर्सियलतर्फ हाइगर, न्यू गोनाओ, स्काइवर्थ, डोङफेङ र कामा ब्रान्डका सवारी वाडा अटो शोमा प्रदर्शनीमा राखिएका छन्। 

यसैगरी २५ वटा सवारी पार्टपुर्जाका ब्रान्डहरुले सहभागिता जनाएका छन् भने ३ वटा बैंक र बीमा कम्पनी र एउटा रिकन्डिसन कम्पनी पनि वाडामा रहेका छन्।  

wada auto show.jpg

वाडाका अध्यक्ष दिपेन्द्र कोइरालाका अनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनाका लागि विषेश योगदान गर्दै आइरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई यस नाडा प्रिजेन्ट्स् वाडा अटो शो २०२५ ले सकारात्मक उर्जा एवं नवीनतम् प्रविधिहरूको साक्षात्कार गराउने अपेक्षा राखेका छन्। अहिले कयौँ डिलरहरू समस्यामा रहेकाले यो वाडा अटो शोले उनीहरूमा आशा जगाउने अपेक्षा राखेको उनको भनाइ छ।

धेरै पहिलेदेखिको प्रयासकाबीच पहिलो पटक केन्द्र भन्दा बाहिर अटो शो भएको र त्यसमा वाडाले लिएको अग्रसरताकै कारण हुन सम्भव भएको नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले बताए। अटो शोको पर्वको रूपमा स्थापित भएको, अर्थतन्त्रलाई चलायमान बनाउने र सरकारलाई राम्रो राजस्व दिने क्षेत्रका रूपमा रहेको चौधरीले उल्लेख गरे। केन्द्रमात्र होइन क्षेत्रीय स्तरमा वार्षिक रूपमा गर्दै जानुपर्ने बताए।

सवारीसाधन जसरी सबैलाई आवश्यक छ राम्रो सहरलाई अझै चाहिने कुरा भएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए। पोखरा महानगरले यो वर्षलाई भ्रमण वर्ष घोषणा गरेकाले यसमा पनि वाडा अटो शोको भुमिका हुने उनको भनाइ छ।

सरकारले नीतिगत स्थिरता कायम गर्ने हो भने अटो व्यवसाय राम्रो हुने उनले बताए। वाडा अटो शोले उपभोक्तालाई एकै ठाउँमा सबै ब्रान्डका सवारी हेर्ने र खरिद गर्ने अवसर दिएको पनि आचार्यले बताए।

वाडा अटो शोको व्यवस्थापन जेम्सले गरेको हो।


प्रकाशित : बिहीबार , चैत १४ २०८११२:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend