बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम गरी कामना सेवा विकास बैंकले मनायो 'ग्लोबल मनी विक २०२५'

images
बिहीबार , चैत १४ २०८१
images
images
सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम गरी कामना सेवा विकास बैंकले मनायो 'ग्लोबल मनी विक २०२५'

बैंकले उक्त सप्ताहको अवसरमा विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धित जानकारी सहित प्रभातफेरी कार्यक्रमहरु सञ्चालन गरेको थियो।

images
images

काठमाडौं- विश्व वित्तीय सप्ताह (ग्लोबल मनी विक २०२५) को अवसरमा कामना सेवा विकास बैंकले विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। यो वर्ष मार्च १७ मा सुरु भइ मार्च २३ मा विश्व वित्तीय सप्ताह सम्पन्न भएको बैंकले जनाएको छ।

images
images

बैंकले ग्लोबल मनी विक २०२५ को अवसरमा विद्यार्थीमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान तथा सीप विकास गराउने उद्देश्यका साथ सातवटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम सञ्चालन गर्नुका साथै समाजिक सञ्जालमार्फत विभिन्न सचेतनामूलक सामाग्रीहरु प्रसारण गरेको छ।

images
images

बैंकको सातै प्रदेशद्धारा देशका विभिन्न विद्यालयमा नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त प्रशिक्षकद्वारा वित्तीय साक्षरता कार्यक्रम गर्दै देशव्यापी २५ सयभन्दा बढी विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ। 

images
images

स-साना रुपमा छरिएर रहेका रकमलाई एकत्रित गरी पुँजी निर्माण गर्न सकिने, बचतको विकासले गर्दा दैनिक जिवनयापन सहज बनाउन सकिने, व्यक्तिगत बजेट निर्माण गरी खर्च गर्ने बानीको थालनी गर्नुपर्ने तथा विभिन्न डिजिटल कारोबारहरु तथा यसका अवसर र चुनौतीका विषयमा छलफल भएको थियो।

त्यस्तै, बैंकले उक्त सप्ताहको अवसरमा विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धित जानकारी सहित प्रभातफेरी कार्यक्रमहरु सञ्चालन गरेको थियो। 

बैंकले आफ्नो सामाजिक सञ्जालमार्फत सुरक्षित भविष्यको लागि बचत, सामाजिक सञ्जाल र इन्फ्लुयन्सरबाट प्रभावित नभइ वित्तीय निर्णय गर्न, कालोसूचीमा पर्न सकिने सम्भावना, सुरक्षित इन्टरनेट प्रयोग गर्न तथा कर्जाको जिम्मेवारीपूर्ण उपयोग र व्यवस्थापन गर्नुपर्ने सामग्रीहरु प्रस्तुत गरी ग्लोबल मनी विक २०२५ सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ।


प्रकाशित : बिहीबार , चैत १४ २०८११२:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend