बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

सडक विस्तारको विरोधमा वीरगञ्जका मुख्य व्यापारिक क्षेत्र बन्द

images
बिहीबार , चैत १४ २०८१
images
images
सडक विस्तारको विरोधमा वीरगञ्जका मुख्य व्यापारिक क्षेत्र बन्द

सर्वोच्च अदालतले फागुन २८ गते रिट निवेदकको पाँचवटै रिट खारेज गरेसँगै डिभिजन सडक कार्यालय हेटौँडालाई वीरगञ्जको उक्त सडकखण्डको सडक दायाँबायाँ २५-२५ मिटर चौडा गर्ने बाटो खुलेको छ।

images
images

पर्सा- वीरगञ्ज बचाउ संघर्ष समितिले वीरगञ्जको गण्डक चोकदेखि मितेरीपुलसम्मको सडक विस्तारको विरोधमा मुख्य सडक (मेनरोड) खण्डका व्यापारिक पसल बन्द गराएका छन्। 

images
images

सर्वोच्च अदालतले सडक विस्तार विरुद्धको रिट खारेज गरेसँगै सडक डिभिजन हेटौँडाले सो खण्डमा पर्ने सडकको सीमांकन गर्न यही चैत ८ गते पत्राचार गरेको थियो। सो पत्राचारसँगै यहाँका स्थानीयवासी आन्दोलित भएका हुन्। समितिका अनुसार वीरगञ्जका मुख्य व्यापारिक क्षेत्रका बजार दिउँसो १२ बजेसम्म बन्द गरिने जनाइएको छ। 

images
images

वीरगञ्ज बचाउ संघर्ष समितिका संयोजक तथा वीरगञ्ज महानगर-९ का वडाध्यक्ष जवाहरप्रसाद गुप्ताले सर्वाेच्च अदालतको पूर्णपाठ नआउँदै डिभिजन सडक हेटौँडाले सडकको सीमांकनका लागि पत्राचार गरेकोले आन्दोलन अघि बढाएको जानकारी दिए।

images
images

'फैसलाको पूर्णपाठ नआउँदै सीमांकनको लागि पत्राचार गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको हो,' उनले भने, 'ऐतिहासिक वीरगञ्जको व्यापारीक क्षेत्रलाई नामेट पार्न खोजिएकाले यहाँका घरधनी तथा व्यापारी एक जुट भएर आन्दोलनका कार्यक्रम अघि बढाइएको हो।' 

उनले सडक विस्तार गरिएमा गण्डक पुलदेखि मितेरीपुलसम्म करिव एक हजार एक सयभन्दा धेरै घरधनीको उठिबास हुने बताए। 'यो सडक विस्तार भएको खण्डमा एक हजार एकसय घरमध्ये पाँचसय घरधुरीको त एक हात पनि जग्गा नरहने अवस्था सिर्जना हुन्छ,' उनले भने, 'जनतालाई सकुम्बासी बनाएर गरिने विकासको काम छैन।' 

वीरगञ्ज महानगर-६ का महेशराम चौरसियाले सडक विस्तारले आफ्नो चार धुरको घरसहित जग्गा एक हात पनि नरहने गुनासो गरे। 'पहिलाको सडक विस्तारले साढे दुई धुर जग्गा गइसकेको छ,' उनले भने, 'अब फेरि २५-२५ मिटर सडक विस्तार गर्दा त एक हात पनि बाँकी रहँदैन।' 

वीरगञ्जको महावीर मन्दिरसँगै घर रहेका सञ्जीव शर्मा सडक विस्तार भएमा आफ्नो पाँच जनाको परिवार बिचल्ली हुने बताउँछन्। वडाध्यक्ष गुप्ताले आजै आर्दशनगरबाट विरोध प्रर्दशनीसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको जानकारी दिए।

सडक डिभिजन हेटौँडाका डिभिजन प्रमुख गुरूप्रसाद अधिकारीले सर्वाेच्च अदालतको पूर्णपाठ आउनुअगावै त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डकचोक-पावरहाउस-घण्टाघर-बिर्ता-रजतजयन्तीचोक-मितेरी पुलसम्मको सडक सीमा २५/२५ मिटरको क्षेत्र सीमांकन गर्न पत्राचार गरेको बताए। 

गत फागुन २८ गते सर्वाेच्च अदालतले वीरगञ्जको मुख्य सडक विस्तार विरुद्ध रिट खारेजी गरिदिएको थियो।

सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले फागुन २८ गते रिट निवेदकको पाँचवटै रिट खारेज गरेसँगै डिभिजन सडक कार्यालय हेटौँडालाई वीरगञ्जको उक्त सडकखण्डको सडक दायाँबायाँ २५-२५ मिटर चौडा गर्ने बाटो खुलेको हो। रासस


प्रकाशित : बिहीबार , चैत १४ २०८११२:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend