मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सत्ता गठबन्धन कसिलो बन्ने संकेतले लगानीकर्ता उत्साही हुँदा सेयर बजारमा देखियो उभार

बुधबार, चैत १३ २०८१
सत्ता गठबन्धन कसिलो बन्ने संकेतले लगानीकर्ता उत्साही हुँदा सेयर बजारमा देखियो उभार

२ सय ३१ वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ४ अर्ब २० करोड ४४ लाख रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- चैत महिना लागेयता लगातार ओरालोतिर लागेको सेयर बजार यो साता बुधबार भने लयमा देखिएको छ।

सत्ता गठबन्धनमा खटपट आउने त्राससँगै मंगलबार सेयर बजारमा भारी गिरावट आएको थियो। तर बुधबार सत्ता गठबन्धन झनै कसिलो बनाउने निर्णय भएसँगै सेयर बजारमा पनि उभार देखिएको हो।

चैत महिनायता एक दिनको कारोबारमा वृद्धितर्फ लागेर पुन: घटेको थियो। लगातार ११९.७३ अंकले घटेपछि सोमबारको कारोबारमा वृद्धि देखिएको बजार मंगलबार ५८.०५ अंकले घटेको थियो।

तर बुधबार भने ३९.१३ अंकले बढेर बजार २६२१.८६ बिन्दुमा पुगेको छ। २ सय ३१ वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ४ अर्ब २० करोड ४४ लाख रूपैयाँको कारोबार भएको छ। आज १२ कम्पनीको सेयर मूल्य भने घटेको छ।

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाती भइरहँदा चैत महिनामा बजार उतारचढावबीच लगातार ओरालोतिर नै देखिएको थियो। 

पछिल्लो समय लगातार २११.०१ अंकको वृद्धिपछि ओरालोतिर लागेर लगातार नै १७१.०७ अंकले घटेको सेयर बजारमा गएको साता बुधबार दोहोरो अंकको वृद्धि देखिएको थियो। त्यसयता निरन्तर ओरालोमा रहेको बजार पुन: लगातार ११९.७३ अंकले घटेपछि सोमबार बढेको थियो। सोमबार २६.१० अंकले बढेर बजार २६४०.७८ बिन्दुमा पुगेको थियो।

'साइडवेज'मा रहेको बजारमा बढी ओरालोतिर लाग्दा बजारको गति आकलन गर्न कठिन देखिएको छ।

पर्ख र हेरको सोचमा रहेका लगानीकर्ताहरूले बजारको स्थायी सुधारका लागि राजनीतिक र नीतिगत स्थिरता चाहने विश्लेषकहरू बताउँछन्। पछिल्लो समय राजनीतिक घटनाक्रममा बढेका विभिन्न हल्लाहरूले लगानीकर्ताको मनोविज्ञानमा असर गरिरहेको उनीहरू बताउँछन्। 


प्रकाशित : बुधबार, चैत १३ २०८११५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend