शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

नेप्से सीईओमा कृष्णबहादुर कार्की नियुक्त

images
बिहीबार , माघ २० २०७८
images
नेप्से सीईओमा कृष्णबहादुर कार्की नियुक्त
images
images

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्की नियुक्त भएका छन्।

images
images
images

मन्त्रीपरिषद्‍ बैठकले कार्कीलाई चार वर्षका लागि नेप्सेको कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। पाल्पाका कार्कीले अर्थशास्त्र तथा जनप्रशासन विषयमा स्नातकोत्तर गरेका छन्।

images
images

अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो। त्यसअघि सीईओ बन्नका लागि ११ जनाले आवेदन दिएकोमा पाँच जनाको नाम सर्टलिस्ट गरी छनोट समितिले अन्तरवार्ता लिएको थियो। कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका आधारमा कृष्णबहादुर कार्की, डा. केशव श्रेष्ठ र डा. रमेशकुमार भण्डारीको नाम मन्त्रिपरिषद्‍मा सिफारिस भएको थियो।

images
images

सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउदले आफ्नो पदबाट राजीनामा दिएका थिए। त्यसपछि खाली रहेको पदमा नयाँ नियुक्ति भएको हो।


प्रकाशित : बिहीबार , माघ २० २०७८१२:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend