काठमाडौं- गत आर्थिक वर्ष राष्ट्र बैंकले १९ वाणिज्य बैंकहरुमाथि अनसाइड निरीक्षण गरेको छ। राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक गर्दै ४ वाणिज्य बैंकहरुमाथि विशेष सुपरिवेक्षण गरिएको जनाएको छ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक र लक्ष्मी सनराइज बैंकमा स्थलत निरीक्षण गरिएको हो। दोस्रो त्रैमासमा राष्ट्र बैंकले माछापुच्छ्रे् बैंक, सिद्धार्थ बैंक, एभरेष्ट बैंक र एनएमबि बैंकमा स्थलगत निरीक्षण गरेको थियो।
यस्तै तेस्रो त्रैमासमा कृषि विकास बैंक, सिटिजन्स इन्टरनेशल बैंक, एनआईसी एसिया र नबिल बैंक तथा चौथो त्रैमासमा प्रभु बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक, प्राइम कमर्सिल बैंक र हिमालयन बैंकमाथि स्थलगत सुपरिवेक्षण भएको थियो।
पहिलो त्रैमासमा नेपाल पूर्वाधार विकास र तेस्रो त्रैमासमा स्टाण्डर्ड चार्टर्ड बैंकमाथि राष्ट्र बैंकले स्थलगत निरीक्षण गरेको थियो।
गत आर्थिक वर्ष नै राष्ट्र बैंकले नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक, लक्ष्मी बैंक र प्रभु बैंकमाथि विशेष निरीक्षण गरेको थियो।