मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सीईओहरुको कार्यसम्पादन मूल्यांकनमा राष्ट्र बैंकले उठायो प्रश्न, कतिपय बैंकहरुले वासेल ३ विपरीत कर्जा वर्गीकरण गरेको निष्कर्ष

बुधबार, चैत १३ २०८१
सीईओहरुको कार्यसम्पादन मूल्यांकनमा राष्ट्र बैंकले उठायो प्रश्न, कतिपय बैंकहरुले वासेल ३ विपरीत कर्जा वर्गीकरण गरेको निष्कर्ष

बैंकहरुले लिएका कतिपय नीतिहरु समेत समयमा नै सार्वजनिक नगर्दा बैंकको आकार, प्रकृति र वृद्धिमा असर परेको निष्कर्ष राष्ट्र बैंकको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंकका सीईओहरुको कार्यसम्पादन मूल्यांकनमा प्रश्न उठाएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको बैंक सुपरिवेक्षण प्रतिवेदनले बैंकहरुले आफ्ना सीईओहरुको सम्झौताअनुसार कार्यसम्पादन मूल्यांकन नै नगरेको ठहर गरेको छ।

बैंक र सीईओबीच भएको सम्झौताअनुसार काम भएको वा नभएको विषयमा बैंकले कार्यसम्पादन मूल्यांकन नै नगरेको प्रतिवेदनमा उल्लेख छ। यस्तै सञ्चालक समितिबाट भएका कतिपय निर्णयहरुको आद्यावधिकरुपमा समीक्षा नभएको निष्कर्ष प्रतिवेदनले निकालेको छ।

यस्तै बैंकहरुले लिएका कतिपय नीतिहरु समेत समयमा नै सार्वजनिक नगर्दा बैंकको आकार, प्रकृति र वृद्धिमा असर परेको निष्कर्ष राष्ट्र बैंकको छ।

राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार बैंकहरुले आफ्ना सञ्चालकहरुलाई तालिम दिनै छोडेका छन्।

कतिपय बैंकहरुमा वासेल ३ अनुसार जोखिमभारित सम्पत्ति वर्गीकरण नगरेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। केही बैंकहरुले क्यापिटल एड्युक्वसी फ्रेमवर्क विपरीत गएर प्रतिवेदन तयार पारेको पाएपछि राष्ट्र बैंकले कारबाहीसमेत गरेको छ।

बैंकहरुले निक्षेप, कर्जा  र पुँजीकोषको रिपोर्टिङ राष्ट्रलाई सही ढंगबाट नगरेको राष्ट्र बैंकको ठहर छ। यस्तै कम्पनी ऐनअनुसार सञ्चालक समितिमा कम्तीमा १ महिला हुनुपर्नेमा कतिपय बैंकहरुले यसको पालना नगरेको राष्ट्र बैंकले जनाएको छ।

कतिपय बैंकहरुले ३ वर्षसम्म पनि खराब कर्जा बुक नगरेको र यसलाई घटाउने कुनै पनि योजनासमेत नबनाएको सुपरिवेक्षण प्रतिवेदनले देखाएको छ।


प्रकाशित : बुधबार, चैत १३ २०८११२:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend