काठमाडौं- एनएमबि बैंकले 'ग्लोबल मनी विक २०२५' को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ।
देशको सबै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ।
ग्लोबल मनी वीक २०२५ को नारासहित, बैंकले विभिन्न क्षेत्रमा प्रभातफेरी कार्यक्रममा समेत सहभागिता जनाएको थियो।
बैंकले आफ्नो सोसल मिडियामार्फत पनि विभिन्न सचेतना तथा अन्य जानकारीमूलक कार्यहरु सञ्चालन गरेको छ।
बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ३ हजार जनाभन्दा बढी व्यक्तिहरु प्रत्यक्षरुपमा लाभान्वित भएको बैंकको भनाइ छ।
एनएमबि बैंकले हाल देशभर रहेका आफ्ना २ सय २ शाखा कार्यालय, १ सय ८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।