शुक्रबार, चैत २९ गते २०८१     ८ : १० : २५
शुक्रबार, चैत २९ २०८१
images
images

शीतभण्डारले सुन्तला किसानलाई फाइदा

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २० २०७८
images
images
शीतभण्डारले सुन्तला किसानलाई फाइदा
images
images

गलकोट- गत आर्थिक वर्ष बागलुङ जिल्लाको काठेखोला गाउँपालिका-६ किम्बोटमा ३० टन क्षमताको शीतभण्डार गृह (कोल्डस्टोर) निर्माण गरियो । यस वर्ष विहुँका १८ जना सुन्तला किसानले परीक्षणका लागि २२ टन सुन्तला शीतभण्डार गृहमा राखेका थिए।

images
images

बिहुँकोट साना किसना कृषि सहकारी संस्थाले १८ किसानका सुन्तला ५० रूपैयाँ प्रतिकेजीमा खरिद गरेर गृहमा २५ दिन राखेपश्चात अहिले सहकारीले बिक्री गर्दा प्रतिकेजी ९० रूपैयाँमा बिक्री भएको छ।

images
images

शीतभण्डारमा पहिलोपटक सुन्तला राखेका किसनाले १३ लाख रूपैयाँको सुन्तला २५ दिनको अवधिमा १६ लाख पार्न सफल भएको बिहुँकोट साना किसना कृषि सहकारी संस्थाका अध्यक्ष बालानन्द कँडेलले जानकारी दिए। 'अहिले परीक्षणका लागि पहिलोपटक सुन्तला राखेका थियौँ, राम्रै भयो', कँडेलले भने, 'विद्युत् खर्च कटाएर सेयर सदस्य सुन्तला किसानलाई मुनाफा दिन्छौँ।'

images
images

गत आर्थिक वर्षमा काठेखोला गाउँपालिकाको रु चार लाख, काठेखोला गाउँपालिका-६ वडा कार्यालयको १० लाख, सांसद डा सूर्य पाठकको सांसद विकास कोषअन्तर्गतको १० लाख, कृषि ज्ञान केन्द्र बागलुङको १२ लाख ५० हजार र स्थानीयवासीको ४ लाख ५२ हजार जनश्रमदान गरी ४१ लाख २ हजार रूपैयाँको लागतमा सो गृह निर्माण गरिएको काठेखोला गाउँपालिका-६ का वडाध्यक्ष युक्तप्रसाद कँडेलले जानकारी दिए।

'बिहुँ सुन्तलाको जिल्लामै सबैभन्दा धेरै उत्पादन हुने क्षेत्रमा पर्दछ, मौसममा मात्रै सुन्तला बिक्री गरिरहेका यहाँका किसानले यस वर्षबाट सहकारीमार्फत स्थानीय र सङ्घीय सरकारको सहयोगमा निर्माण गरिएको कोल्डस्टोरमा सुन्तला भण्डारण गर्न थालेका छन्', वडाध्यक्ष कँडेलले भने, 'पुसमा ५० केजीमा बिक्री भएको सुन्तला माघ १५ मा होलसेल ९० पर्न जान्छ, किसानलाई निकै फाइदा पुग्छ, सुन्तला समयमै नटिपेर बोटमै राख्दा अर्को वर्षको उत्पादनमा गिरावट हुन्छ, त्यसैले कोल्डस्टोरको अवधारणा ल्याइएको हो।'

यस वर्ष बिहुँका बालानन्द कँडेलसहितका १८ किसानले कोल्डस्टोरका कारण सुन्तलाको आम्दानीलाई दोब्बरले वृद्धि गरेका छन्। सुन्तलामा बिक्री गरेर खाली भएको कोल्डस्टोरमा अब बिहुँमा उत्पादित अदुवा राख्न थालिएको वडाध्यक्ष कँडेलले बताए। त्यसमा मौसमअनुसार सुन्तला, अदुवा, आलु तथा किबी राख्न सकिने छ। फलफूल तथा नगदेबाली मौसमको समयमा कम मूल्य पर्ने र कोल्डस्टोरमा राखेर बेमौसममा बिक्री गर्दा राम्रो मूल्य पर्ने भएकाले किसानलाई फाइदै फाइदा हुन्छ।

यस्तै तीन वर्षअघि सिगानामा सुन्तला भण्डारणका लागि गण्डकी प्रदेश सरकारको लगानीमा त्यहाँको गणेश कृषि व्यावासयिक सहकारीमार्फत निर्माण गरिएको शीतभण्डार गृहमा अहिले सुन्तला राखिएको छ। यहाँका किसानले फागुन लाग्दासाथ महङ्गो मूल्यमा सुन्तला बिक्री गर्ने तयारीमा जुटको गणेश कृषि व्यावसायिक सहकारी सिगानाका अध्यक्ष रामबहादुर खड्काले जानकारी दिए। 

अहिले छ किसानले सुन्तला भण्डारण गरेका छन् भने अन्य १०० भन्दा बढी किसानले मौसममै सुन्तला बिक्री गरिसकेका छन्। सिगानाका अगुवा कृषक टोपबहादुर खड्का र अनन्त खड्काले प्राकृतिक शीतभण्डार गृह निर्माण गरेर सुन्तला भण्डारण गरेर बेमौसममा बिक्री गर्दै आएका छन्।

यस्तै तीन वर्षअघि नै बागलुङ जिल्लाको काठेखोला गाउँपालिका-३ धम्जामा समेत २० टन क्षमताको त्यस्तै गृह निर्माण गरिएको थियो। त्यहाँ सुन्तला नफल्ने भए पनि आलु पकेट क्षेत्रका रूपमा रहेका कारण त्यहाँको शीतभण्डारमा आलु भण्डारण गरिँदै आइएको छ। रासस


प्रकाशित : बिहीबार , माघ २० २०७८१२:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend