बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

काँकडभिट्टाबाट ८ महिनामा १२ अर्ब ६४ करोडको पेट्रोलियम पदार्थ आयात

images
बुधबार, चैत १३ २०८१
images
images
काँकडभिट्टाबाट ८ महिनामा १२ अर्ब ६४ करोडको पेट्रोलियम पदार्थ आयात

गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ।

images
images

झापा- चालु आर्थिक वर्षको आठ महिनामा काँकडभिट्टाबाट १२ अर्ब ७४ करोड १६ लाख रूपैयाँ मूल्य बराबरको पेट्रोलिय पदार्थ आयात भएको छ।

images
images

गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ।

images
images

गत आवको आठ महिनामा १३ अर्ब ३८ करोड ३३ लाख रूपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो। मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले पेट्रोलियम पदार्थको आयात घटे पनि राजस्व बढेको बताए।

images
images

चालु आवका आठ महिनामा पेट्रोलिय पदार्थको आयातबाट ६ अर्ब १२ करोड ४२ लाख रूपैयाँ राजस्व संकलन भएको छ। यो गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव ६ प्रतिशतले बढी हो।

गत आवको आठ महिनामा पाँच अर्ब ८० करोड १८ लाख रूपैयाँ राजस्व संकलन भएको थियो। रासस


प्रकाशित : बुधबार, चैत १३ २०८११०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend