काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन्।
मन्त्रिपरिषद् बैठकबाट सोमबार नियुक्त भएका शाक्यले आज मंगलबार साँझ प्राधिकरणको कार्यालयमा पदभार ग्रहण गरेका हुन्।
सरकारले कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको हो।