आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

विगतमा कृषि अनुदानमा अनियमितता हुनेगरे पनि अब पारदर्शी हुन्छ : कृषिमन्त्री अधिकारी

images
मंगलबार, चैत १२ २०८१
images
विगतमा कृषि अनुदानमा अनियमितता हुनेगरे पनि अब पारदर्शी हुन्छ : कृषिमन्त्री अधिकारी

उनले मन्त्रालयले हालसम्मको अनुदान विवरण सार्वजनिक गर्ने कार्यको सुरुवात गरेकाले अबका दिनमा अनुदान पारदर्शी हुने र सबै विवरण हेर्न सकिने बताए।

images
images

काठमाडौं- कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा अनियमितता हुने गरे पनि अब पारदर्शी हुने बताएका छन्। 

images
images
images

नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रले आज यहाँ आयोजना गरेको कृषिमा लगानीसम्बन्धी सम्मेलनमा उनले मन्त्रालयले हालसम्मको अनुदान विवरण सार्वजनिक गर्ने कार्यको सुरुवात गरेकाले अबका दिनमा अनुदान पारदर्शी हुने र सबै विवरण हेर्न सकिने बताए।

images
images

विगतका पाँच वर्षमा एक खर्ब पाँच अर्ब रूपैयाँ रकम कृषि अनुदानमा खर्च भएको उल्लेख गर्दे मन्त्री अधिकारीले विगतमा जस्तो सिधै मन्त्रालयबाट जाने अनुदान प्रक्रिया अहिले रोकिएको बताए।

images
images

कृषिमन्त्री अधिकारीले कृषिमा आत्मनिर्भरताका लागि सबै क्षेत्रको प्रयास जरुरी रहेको र निजी क्षेत्रको प्रयासले मात्र कृषि क्षेत्रमा राज्यले लिएको लक्ष्य पूरा हुने धारणा राखे। रासस


प्रकाशित : मंगलबार, चैत १२ २०८११३:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend