काठमाडौं- आन्तरिक उडानको भाडा बढेको छ।
वायुसेवा सञ्चालकहरुले भाडा वृद्धि गर्ने निर्णय गरेका छन्। हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ भन्दा बढीले तलमाथि भए सोही अनुसार भाडा समायोजन गर्ने व्यवस्था अनुसार नेपाल वायुसेवा सञ्चालक संघले भाडा बढाउने निर्णय गरेको हो।
नेपाल आयल निगमले प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको थियो।
सेवाप्रदायकहरुले १०५ रुपैयाँदेखि ४४५ रुपैयाँसम्म भाडा बढाएका छन्। सबैभन्दा धेरै धनगढीको ४४५ रुपैयाँ बढेको छ भने सबैभन्दा न्यून काठमाडौं-भरतपुर १०५ रुपैयाँ बढेको छ।
काठमाडौंदेखि विराटनगर २४०, पोखरा १६०, नेपालगञ्ज ३२५, भद्रपुर ३०० र माउन्टेन फ्लाइटको ३४५ रुपैयाँले बढेको छ।