बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

भरतपुरको राजस्व संकलन २७ प्रतिशतले वृद्धि, फागुनसम्म १४ अर्ब ४६ करोड संकलन

images
मंगलबार, चैत १२ २०८१
images
images
भरतपुरको राजस्व संकलन २७ प्रतिशतले वृद्धि, फागुनसम्म १४ अर्ब ४६ करोड संकलन

विभागले यसवर्ष १५ अर्ब ७० करोड १० लाख रूपैयाँ राजस्व संकलनको लक्ष्य दिएकामा ९२ दशमलव १४ प्रतिशत राजस्व संकलन भएको हो।

images
images

चितवन- आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षको तुलनामा यो वर्ष २१ दशमलव ४० प्रतिशत बढी राजस्व संकलन गरेको छ। गत वर्षको फागुन मसान्तसम्मको राजस्वभन्दा यो २७ प्रतिशतले बढी हो।

images
images

कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार यसवर्ष फागुन मसान्तसम्ममा १४ अर्ब ४६ करोड ६४ लाख रूपैयाँ राजस्व संकलन भएको छ। गत वर्ष यसै अवधिमा ११ अर्ब ९१ करोड ६१ लाख रूपैयाँ राजस्व संकलन भएको थियो। 

images
images

विभागले यसवर्ष १५ अर्ब ७० करोड १० लाख रूपैयाँ राजस्व संकलनको लक्ष्य दिएकामा ९२ दशमलव १४ प्रतिशत राजस्व संकलन भएको हो।

images
images

विभागले गतवर्ष २७ अर्ब ९२ करोड ८७ लाख ४९ हजार रूपैयाँ राजस्व संकलनका लागि लक्ष्य तोकेको थियो। रासस


प्रकाशित : मंगलबार, चैत १२ २०८१११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend