बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

प्रधानमन्त्री रोजगार कार्यक्रम : नमोबुद्धमा युवायुवतीलाई प्लम्बिङ र डकर्मी तालिम

images
मंगलबार, चैत १२ २०८१
images
images
प्रधानमन्त्री रोजगार कार्यक्रम : नमोबुद्धमा युवायुवतीलाई प्लम्बिङ र डकर्मी तालिम

अभियानअन्तर्गत पहिलो चरणमा नगरका ४० जना युवायुवतीलाई समेटेर ५० दिने प्लम्बिङ र डकर्मी तालिमको व्यवस्था भएको हो।

images
images

काभ्रेपलाञ्चोक- प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान-राष्ट्रको अभियान’ कार्यक्रम सञ्चालन भएको छ।

images
images

अभियानअन्तर्गत पहिलो चरणमा नगरका ४० जना युवायुवतीलाई समेटेर ५० दिने प्लम्बिङ र डकर्मी तालिमको व्यवस्था भएको हो।

images
images

प्रधानमन्त्री रोजगार कार्यक्रमको युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामार्फत सशर्त अनुदान शीर्षकमा विनियोजित कार्यस्थलमा आधारित सीप विकास तालिम सञ्चालन गरिएको नमोबुद्ध नगरपालिकाका  रोजगार संयोजक अमृत खनालले बताए।

images
images

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गर्दै आएको उक्त कार्यक्रममा नगरक्षेत्रमा बसोबास गर्ने १८ देखि ५९ वर्ष उमेर समूह, स्थानीय जनप्रतिनिधि, नागरिक समाज, वडा समिति, स्थानीय निर्देशक समिति तथा अन्य सरोकारवालाको सहभागितामा उक्त नगरका ११ वटै वडामा अभिमुखीकरण आयोजना गरिएको थियो।

त्यसअघि नगरभित्रका विभिन्न वडामा साझेदारीमा वडागत योजनामार्फत ६५ बेरोजगारलाई एकसय दिनको रोजगारी दिइएको थियो। रासस


प्रकाशित : मंगलबार, चैत १२ २०८१११:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend