बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

हेटौँडाको राजस्व कार्यालयद्वारा ८ महिनामा ४ अर्ब २५ करोड संकलन

images
मंगलबार, चैत १२ २०८१
images
images
हेटौँडाको राजस्व कार्यालयद्वारा ८ महिनामा ४ अर्ब २५ करोड संकलन

यो लक्ष्यको ८२ दशमलव ३२ प्रतिशत संकलन भएको हो।

images
images

बागमती- हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा चार अर्ब २५ करोड २० लाख रूपैयाँ राजस्व संकलन गरेको छ। यो लक्ष्यको ८२ दशमलव ३२ प्रतिशत संकलन भएको हो।

images
images

कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार आव २०८१/८२ को आठ महिनामा पाँच अर्ब १६ करोड ५२ लाख ३२ रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा चार अर्ब २५ करोड २० लाख ३७ हजार रूपैयाँ संकलन भएको छ।

images
images

कार्यालयले अन्तःशुल्कतर्फ दुई अर्ब ४१ कारेड ७४ लाख ४७ हजार रूपैयाँ, आयकरतर्फ ७३ करोड ५२ लाख ९२ हजार रूपैयाँ, मूल्यअभिवृद्धि करतर्फ ६१ करोड ४७ लाख ९९ हजार रूपैयाँ, स्वास्थ्य जोखिम करतर्फ ४१ करोड १३ लाख ५१ हजार रूपैयाँ, ब्याजकरतर्फ ६ करोड २५ लाख ९८ हजार रूपैयाँ र बहालकरतर्फ एक करोड २५ लाख ५० हजार रूपैयाँ संकलन गरेको छ।

images
images

कार्यालयमा आयकरतर्फ ३४ हजार ४३, मूल्यअभिवृद्धितर्फ पाँच हजार नौसय २३, अन्तःशुल्कतर्फ एक हजार ६ सय चार, विथहोल्डतर्फ सातसय ११ र व्यक्तिगततर्फ ८३ हजार सातसय एक करदाता आबद्ध छन्। रासस


प्रकाशित : मंगलबार, चैत १२ २०८११०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend