बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

चालु आवको फागुनसम्म तनहुँमा ४४ सवारी दुर्घटना हुँदा ४८ जनाको मृत्यु

images
मंगलबार, चैत १२ २०८१
images
images
चालु आवको फागुनसम्म तनहुँमा ४४ सवारी दुर्घटना हुँदा ४८ जनाको मृत्यु

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर चन्दका अनुसार ती दुर्घटनामा २४ पुरुष, २० महिला र चार बालबालिकाको मृत्यु भएको हो।

images
images

तनहुँ- सवारी दुर्घटनामा परी तनहुँमा नौ महिनामा ४८ जनाको मृत्यु भएको छ। चालु आर्थिक वर्षको फागुनसम्ममा भएका ४४ वटा सवारी दुर्घटनामा ४८ जनाले ज्यान गुमाएका हुन्। ती दुर्घटनामा ८१ जना घाइते भएका छन्। 

images
images

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर चन्दका अनुसार ती दुर्घटनामा २४ पुरुष, २० महिला र चार बालबालिकाको मृत्यु भएको हो।

images
images

चालु आवको साउनमा मृत्यु नभएको, भदौमा २९, असोजमा चार, कात्तिकमा दुई, मङ्सिरमा एक, पुसमा दुई,  माघमा आठ, फागुनमा एक र चैत १० गतेभित्र थप एक जनाको मृत्यु भएको छ।

images
images

सोही अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने २४ हजार छ सय ४१ सवारीबाट दई करोड तीन लाख ४० हजार पाँचसय रूपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले नियम उल्लंघन गर्ने ट्रक, टिपर, बस, जिप, मोटरसाइकल, स्कुटरलगायत सवारीलाई कारबाही गरी उक्त रकम असुलेको हो।

तीव्रगतिमा सवारी चलाउनेलाई राडरगनका माध्यमबाट समयसमयमा अनुगमन गरी कारबाही पनि हुँदै आएको उनले जानकारी दिए।

मुग्लिन-पोखरा सडक विस्तार भइरहेकाले दुर्घटना जोखिम घटाउन सुरक्षाकर्मीले हरसम्भव प्रयास गरेका उनले बताए। रासस


प्रकाशित : मंगलबार, चैत १२ २०८११०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend