सोमबार, वैशाख १७ गते २०८१    
images
images

एक करोडको सुन मलद्वारमा लुकाएर ल्याउने पक्राउ

images
बिजनेस न्युज
images
images
एक करोडको सुन मलद्वारमा लुकाएर ल्याउने पक्राउ
images
images

काठमाडौं- मलद्वारभित्र झण्डै एक करोड रूपैयाँको सुन लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। प्रहरीले उनीहरुबाट १ किलो १ सय ५५ ग्राम सुन तथा चार आइफोन बरामद गरेको छ। 

images
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका-१० का ३२ वर्षीय सुनिलकुमार साह, मकवानपुर मनहरिका २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोकको भोटेकोसी गाउँपलिका-३ का दावाछिरिङ शेर्पा छन्।

images

उनीहरुमध्ये शेर्पाले सुन मलद्धारभित्र लुकाएर ल्याएका थिए। तौलिँदा उक्त सुन १ किलो ५५ ग्राम रहेको फेला परेको छ। उनी एयर अरेवियामार्फत सारजहाँ विमानस्थलबाट नेपाल आएका थिए। 

images

तीनै जनालाई बुधबार अपराह्न पक्राउ गरेको भए पनि आवश्यक अनुसन्धान र कानूनी प्रक्रिया पूरा गरी आज सार्वजनिक गरिएको हो।

images
images

साह र परियार दुबईबाट हिमालयन एयरमार्फत नेपाल आएका थिए। साहबाट चार थान आइफोन तथा ५० ग्रामको सुनको औँठी र सिक्री बरामद गरिएको छ। यस्तै परियारबाट आइफोन एक थान र सुनको बेरुवा औँठी दुई थान बरामद गरिएको छ। तीनै जनालाई बरामद सामग्रीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयलाई बुझाइएको छ। रासस

images

प्रकाशित : बिहीबार , माघ २० २०७८११:४७
प्रतिक्रिया दिनुहोस