बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

वीरगञ्ज भन्सारबाट ८ महिनामा ५३ अर्ब २६ करोड रुपैयाँको वस्तु निर्यात, सबैभन्दा बढी भटमासको तेल

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १२ २०८१
images
images
वीरगञ्ज भन्सारबाट ८ महिनामा ५३ अर्ब २६ करोड रुपैयाँको वस्तु निर्यात, सबैभन्दा बढी भटमासको तेल

४ अर्ब ८८ करोड बराबरको जुस र ३ अर्ब ६८ करोड रुपैयाँ मूल्य पर्ने फलाम तथा फलामका सामग्री निर्यात भएको छ।

images
images

पर्सा- वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको आठ महिनामा ५३ अर्ब २६ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएका छन्। गत आवको सोही अवधिको तुलनामा यो एक सय ७२ दशमलव ०१ प्रतिशतले बढी हो।

images
images

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार चालु आवमा भटमासको तेल निर्यात बढेको छ। बितेका आठ महिनामा २८ अर्ब १९ करोड मूल्य बराबरको १३ करोड ४७ लाख १० हजार एक सय ४२ लिटर भटमासको तेल निर्यात भएको हो।

images
images

यसैगरी ४ अर्ब ८८ करोड बराबरको जुस र ३ अर्ब ६८ करोड रुपैयाँ मूल्य पर्ने फलाम तथा फलामका सामग्री निर्यात भएको छ। रासस

images
images


प्रकाशित : मंगलबार, चैत १२ २०८११०:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend