सोमबार, चैत १८ गते २०८१    
सोमबार, चैत १८ २०८१
images
images

लौका बेचर मासिक ४० हजार रुपैयाँसम्म आम्दानी गर्दैछिन् हिमादेवी

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १२ २०८१
images
images
लौका बेचर मासिक ४० हजार रुपैयाँसम्म आम्दानी गर्दैछिन् हिमादेवी

आफूले १० जनालाई रोजगारी दिएको जनाउँदै भण्डारीले कतिपयलाई घण्टाका आधारमा र कतिपयलाई दैनिक ज्यालादारीमा कामदार राखेको बताइन्।

images
images

इलाम- इलामको चुलाचुली गाउँपालिका-२ की हिमादेवी भण्डारीले लौका बेचर मासिक ४० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएकी छिन्। कृषि पेसाबाट केही हुँदैन भन्नेका लागि उनी कृषिबाटै परिवार समृद्ध बन्नसक्ने उदाहरणीय पात्र बनेकी छिन्। 

images
images

भण्डारी बिहान सबेरैदेखि तरकारी बारीमा भेटिन्छिन्। दिउँसो उत्पादित वस्तु बजार लैजाने, बेच्ने र बेलुका पुनः करेसाबारीमा खटिने उनको दैनिकी हो। सिजनमा मात्रै तरकारी र फलफूल उत्पादन हुने बताउँदै उनले बेमौसमी तरकारीखेती गर्नसके मनग्ये आम्दानी गर्न सकिने धारणा राखिन्।

images
images

भण्डारीले १० बिघा जमिनमा विभिन्न कृषिउपजको खेती गरेको बताइन्। 'अहिले हरियो मकै खानेबेला भएको छ, विभिन्न तरकारी पनि छन्। आफ्नो छ कट्ठा मात्र जमिन छ। बाँकी भाडामा लिएर खेती गरिरहेका छौँ', उनले भनिन्।

images
images

बारीमा अधिकांश समय लौका हुने उनको भनाइ छ। गत असोजदेखि उत्पादन सुरु भएको लौका अहिलेसम्म बिक्री भइरहेको छ। सुरुमा प्रतिलौका १७० रुपैयाँमा बिक्री जनाउँदै उनले अहिले भने ५० रुपैयाँमा बिक्री हुने बताइन्।

उनले उत्पादित कृषिउपज झापाको दमकमा लगेर बिक्री गर्छिन्। करिब सात किलोमिटरमा पर्ने यो बजारमा उनी दैनिकजसो जाने गर्छिन्।

उनले भनिन्, 'लौका बेचेर छोरा बुहारीलाई जापान पठाएँ। दैनिक घरव्यवहार चलाउन समस्या छैन।' छोरा बुहारीलाई जापान पठाउन लिएको ऋण १५ लाख रुपैयाँ तिरिसक्न लागेको उनले उल्लेख गरिन्।

लौकाबाहेक स्थानीय कुरिलो, बोडी, मुन्टा, अन्य तरकारी र मेवा उत्पादन भइरहेको भण्डारीले बताइन्। घरमा दही जमाएर मोही र नौनी घिउ पनि बिक्री गर्ने गरेको बताउँदै उनले आफ्नो उत्पादनसँगै गाउँमा उत्पादित वस्तु पनि उनले बजार लगेर बिक्री गर्छिन्।

'दही, मोही बेचेको देखेर कतिपयले दहीवाली दिदी पनि भन्छन्। कर्मले दहीवाली दिदीसमेत बनाएको छ। यो नामले बोउँदा झन खुसी लाग्छ', भण्डारीले भनिन्।

उनका श्रीमान् भुपूप्रहरी हुन्। श्रीमानले उत्पादित वस्तु चुलाचुलीको गाउँमा लैजाने गरेको भण्डारीको भनाइ छ। 'बस्ती बाक्लो भएका ठाउँमा डुलाउन पर्दैन। डुलाएर बेच्दा भने मूल्य महँगो पर्दछ', उनले भनिन्।

भण्डारीले १७ वर्षअघिदेखि यो पेसालाई निरन्तर दिँदै अहिले व्यावसायिक तरकारीखेतीमा संलग्न भएको बताइन्। हालै स्थानीय निकायबाट अनुदानका कार्यक्रममा सहभागी भएको उनले जानकारी दिइन्।

दीपज्योति कृषि फार्म सञ्चालन गरेकी भण्डारीले मौसमीभन्दा बेमौसमी तरकारीखेतीले प्रशस्त आम्दानी हुने अनुभव सुनाइन्। कृषिमा अग्र्यानिक उत्पादनमा गर्नुपर्नेमा जोड दिँदै उनले घर भएका गाई र बाख्राको मल प्रयोग गर्ने गरेको जानकारी दिइन्।   

आफूले १० जनालाई रोजगारी दिएको जनाउँदै भण्डारीले कतिपयलाई घण्टाका आधारमा र कतिपयलाई दैनिक ज्यालादारीमा कामदार राखेको बताइन्। 

एउटै लौकाको पाँच हजार

भण्डारीले एउटै लौकाबाट पाँचदेखि सात हजार रुपैयाँसम्म आम्दानी गरेको जानकारी दिइन्। लौका तरकारीका रूपमा बेच्दा दुई सय रुपैयाँसम्म परे पनि यसको बीउबाट बढी फाइदा लिन सकिने उनले बताइन्। ५० रुपैयाँको तीन वटा बीउ घरबाट बिक्री हुने उनले जानकारी दिइन्। 

'ध्वाँसे र घिउ लौका बजारमा बढी माग हुन्छ। यसको बजारीकरणमा समस्या छैन। ठूलो दाना भएको लौकामा बढी बीउ हुने भएकाले मूल्य साट्ने पनि गर्छौँ। सानो दानामा कम बीउ हुँदा कम मूल्य पर्दछ। लौकाको बीउका साथै बोडी, काँक्रा, सिमीलगायत तरकारीको बीउ पनि उत्तिकै बिक्री हुन्छ', भण्डारीले भनिन्। रासस


प्रकाशित : मंगलबार, चैत १२ २०८११०:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend