काठमाडौं- एभरेष्ट बैंकले 'ग्लोबल मनी विक २०२५' साताव्यापी कार्यक्रम गरी मनाएको छ। बैंकले 'ग्लोबल मनी विक २०२५' को उपलक्ष्यमा चैत ४ गतेदेखि सप्ताहव्यापी अभियानअन्तर्गत देशभर वित्तीय साक्षरता कार्यक्रम गरेको हो।
उक्त कार्यक्रमअन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल/क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झन्डै ३ हजार हजारभन्दा बढी विद्यार्थीहरु बीच वित्तीय साक्षरता सन्देश दिन सफल भएको बैंकले जनाएको छ।
कार्यक्रममा केही विद्यार्थीहरुलाई बैंकको शाखा अवलोकन गराइ बैंकले दिने सेवासम्बन्धी जानकारी गराइएको थियो।
'थिंक बिफोर यु फलो, वाइज मनी टुमरो' भन्ने नाराका साथ युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, वित्तीय सचेतना, सुरक्षित डिजिटल कारोबार, बैंकहरुले दिने सेवा र यसमा अपनाउनुपर्ने सावधानीका विषयहरुमा सचेतना कार्यक्रम आयोजना गरिएको थियो।
एभरेष्ट बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहक संख्या रहेका छन् भने देशैभर बैंकका १ सय ३१ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरु, १ सय ६७ एटीएम रहेका छन्।
विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको जनाएको छ।