बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

ग्लोबल आईएमई बैंकद्वारा 'ग्लोबल मनी विक' को अवसरमा सातै प्रदेशमा विद्यार्थी तथा युवालक्षित कार्यक्रम आयोजना

images
सोमबार, चैत ११ २०८१
images
images
ग्लोबल आईएमई बैंकद्वारा 'ग्लोबल मनी विक' को अवसरमा सातै प्रदेशमा विद्यार्थी तथा युवालक्षित कार्यक्रम आयोजना

ग्लोबल मनी विकका अवसरमा बैंकले युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरु सातवटै प्रदेशहरुमा सञ्चालन गरेको हो।

images
images

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले 'ग्लोबल मनी विक २०२५' को सेरोफेरोमा विद्यार्थी तथा युवा युवतीहरु लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सप्ताहव्यापी रुपमा सञ्चालन गरेको छ।

images
images

बैंकले युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरु सातवटै प्रदेशहरुमा सञ्चालन गरेको हो। बैंकले ग्लोेबल मनी विक २०२५ को अवसर पारेर देशव्यापी रुपमा आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा ६ हजारभन्दा बढी विद्यार्थी तथा युवायुवतीहरुको सहभागिता रहेको थियो। 

images
images

साथै, नेपाल राष्ट्र बैंक तथा अन्य संस्थाहरुले आयोजना गरेको कार्यक्रममा समेत ग्लोबल आईएमई बैंकका कर्मचारीहरु वित्तीय सचेतना अभिवृद्धि ब्यानरसहित सहभागी भएका बैंकले जनाएको छ।

images
images

आफ्ना ३ सय ५५ वटै शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्द्धन कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्य राखेको ग्लोबल आईएमई बैंकले आयोजना गरेको बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको बताइएको छ। 

मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको ग्लोबल आईएमई बैंकले आफ्ना ३ सय ५५ शाखा कार्यालय, ३ सय ८५ एटीएम, २ सय ३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याइरहेको जनाएको छ। 


प्रकाशित : सोमबार, चैत ११ २०८११८:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend