बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

अष्ट्रेलियाको राजधानी क्यानबेरामा ‘नेपाल महोत्सव’

images
सोमबार, चैत ११ २०८१
images
images
अष्ट्रेलियाको राजधानी क्यानबेरामा ‘नेपाल महोत्सव’

महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित नेपाली कला संस्कृति झल्काउने प्रदर्शनी, नेपाली खानाका फुडस्टल, बालबालिकाहरूका लागि चित्रकला राखिएको थियो।

images
images

काठमाडौं- अष्ट्रेलियाको  राजधानी क्यानबेरामा आयोजित ‘नेपाल महोत्सव-२०२५’ सफलताका साथ सम्पन्न भएको छ। नेपाली कला संस्कृति, नेपाली पहिरन, खानाको परिकार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखी क्यानबेरामा आयोजित महोत्सवले राजधानी नेपालमय बनेको थियो।

images
images

कमनवेल्थ पार्कमा आयोजित महोत्सवअन्तर्गत क्यानबेराको सिभिकको गरिमा प्लेसबाट बिहान साढे दश बजेदेखि सुरु भएको प्रभातफेरी नगर परिक्रमा गरी कमन्वेल्थ पार्कको स्टेज ८८ मा पुगेर टुंगिएको थियो। पञ्चेबाजासहित निस्किएको प्रभातफेरीमा लाखे नाच र कुमारी नाच प्रस्तुत गरिएको थियो।

images
images

सो अवसरमा अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवलगायत अष्ट्रेलियामा रहेका विभिन्न नेपाली संघसंस्था, स्थानीय अष्ट्रेलियालीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। 

images
images

त्यसैगरी राजदूत यादवको प्रमुख आतिथ्यमा भएको औपचारिक कार्यक्रममा अष्ट्रेलियाली सरकारका अर्थमन्त्री केटी गालागार, केन्द्रीय सांसद डेभिड स्मिथ, कूटनीतिक नियोगका प्रमुखहरू, अष्ट्रेलियन क्यापिटल टेरिटोरी राज्य सरकारका बहुसांस्कृतिक मन्त्री माइकल पेटरसन र यातायतमन्त्री क्रिस् स्टिललगायत उच्चपदस्थ अधिकारीको उपस्थिति थियो।

महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित नेपाली कला संस्कृति झल्काउने प्रदर्शनी, नेपाली खानाका फुडस्टल, बालबालिकाहरूका लागि चित्रकला राखिएको थियो।

नेपाली पहिचानलाई विश्वमाझ पुर्‍याउने अभियानका रूपमा सन् २००९ देखि गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले नेपाल महोत्सव आयोजना गर्दै आएको अध्यक्ष अनिल पोखरेलले बताए।

अष्ट्रेलियाका लागि नेपाली राजदूत यादवले क्यानबेराको नेपालीले राम्रो गरिरहेको र नेपाली समुदायले नेपाल र नेपालीलाई गर्वको महसुस गराएको बताइन्। रासस


प्रकाशित : सोमबार, चैत ११ २०८११६:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend