बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

सेकार्कु तातोपानीलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण थालियो, एक करोडभन्दा बढी खर्च लाग्ने

images
सोमबार, चैत ११ २०८१
images
images
सेकार्कु तातोपानीलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण थालियो, एक करोडभन्दा बढी खर्च लाग्ने
फाइल तस्बिर

तातोपानी संकलन गरिएको पोखरीमा स्नान गरेमा शारीरिक स्फूर्तिका साथै चोटपटक लागेको, चिसोका कारण हुने स्वास्थ्य समस्या निको हुने जनविश्वास छ।

images
images

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ सेकार्कुस्थित तातोपानी कुण्डलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण थालिएको छ। 

images
images

पहाडको फेद र कालीगण्डकी नदीको किनारमा रहेको मुहानबाट निस्कने पानीलाई पोखरीमा संकलन गरेर स्नानको व्यवस्था मिलाउने र पर्यटक भित्र्याउने उद्देश्यले अन्नपूर्ण गाउँपालिकाले एक करोड १७ लाख रूपैयाँको लागतमा पूर्वाधार निर्माण थालेको हो। 

images
images

अन्नपूर्ण गाउँपालिका-१ का वडाध्यक्ष दिलीप गर्बुजाले तातोपानी पानी संकलन गर्ने पोखरी, आश्रयस्थल, सार्वजनिक शौचालय, कपडा फेर्न कोठा, टिकट काउन्टर र रेष्टुराँका लागि आवश्यक पूर्वाधार तयार पार्न लागिएको जानकारी दिए।

images
images

'कालीगण्डकी किनारको तातोपानी व्यवस्थित नहुँदा हाल हिउँद याममा मात्र खुला ठाउँमा स्नान गर्न सकिन्छ', उनले भने, 'बेनी-जोमसोम सडकको नजिकै निर्माण हुन लागेको पोखरी सञ्चालन गरेर आम्दानीको स्रोत बनाउने लक्ष्य छ।'

सेकार्कुमा ५० डिग्री सेल्सियस प्राकृतिक तातोपानी निस्कने मुहान रहेको छ। तातोपानी संकलन गरिएको पोखरीमा स्नान गरेमा शारीरिक स्फूर्तिका साथै चोटपटक लागेको, चिसोका कारण हुने स्वास्थ्य समस्या निको हुने जनविश्वास छ। 

मुहानदेखि छ सय मिटर तल दुई इञ्चको युपिभिसी पाइपबाट ल्याइने तातोपानी संकलन गरेर स्नानका लागि ११ दशमलव २५ मिटर लम्बाइ र आठ मिटर चौडाइ भएको पोखरी निर्माणको काम अन्तिम चरणमा पुगेको छ। संघीय सरकारको विशेष अनुदानमा सेकार्कु तातोपानी कुण्डमा पूर्वाधार निर्माणका लागि २०८१ असार ३ गते कालीगण्डकी निर्माण सेवा प्रालिसँग एक करोड १७ लाख ६० हजार ६ सय ८५ रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। 

विसं २०८२ जेठ ३० गतेसम्म म्याद रहेको ठेक्कामार्फत पोखरी र परिसरमा भौतिक संरचना निर्माण गर्ने काम ७० प्रतिशत सकिएको अन्नपूर्ण गाउँपालिकाका सवइञ्जिनियर करिम मुल्लाह मियाले बताए।

ठेकेदारले तातोपानी संकलनका लागि मुहानमा तीनवटा इन्टेक र पाइपलाइन जडानको तयारी गरेको छ। तातोपानीको मुहानसम्म पुग्ने सडक बनाउन धेरै खर्च लाग्ने र बर्खामा बाढीले असर पुर्‍याउने भएकाले केही तल संरचना बनाउन लागिएको हो।

बेनी-जोमसोम सडकको तिप्ल्याङ-महभिर जोड्ने मोटरेबल पुलदेखि पाँचसय मिटर नजिकै बनाउन लागिएको तातोपानी कुण्डले मुस्ताङ जाने आउने पर्यटकको बसाई लम्बाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। रासस


प्रकाशित : सोमबार, चैत ११ २०८११६:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend