सोमबार, चैत १८ गते २०८१    
सोमबार, चैत १८ २०८१
images
images

क्रेटा ईभी सार्वजनिक, सुरुवाती मूल्य ५१ लाख ९६ हजार

images
सोमबार, चैत ११ २०८१
images
images
क्रेटा ईभी सार्वजनिक, सुरुवाती मूल्य ५१ लाख ९६ हजार

क्रेटा ईभी २६ सय १० एमएमको ह्वील बेसको साथमा २ सय एमएमको उच्च ग्राउन्ड क्लियरेन्स रहेको छ। ४ सय ३३ लिटरको बुट स्पेस र २२ लिटरको फ्रंक रहेको क्रेटा ईभीमा छ।

images
images

काठमाडौं- हुन्डाई क्रेटाको विद्युतीय भर्सन सार्वजनिक भएको छ। हुन्डाई मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सोमबार एक कार्यक्रम गरेर क्रेटा ईभी औपचारिक रुपमा सार्वजनिक गरेको हो। 

images
images

क्रेटा ईभीलाई लक्ष्मी इन्टरकन्टिनेन्टलले प्राथमिकताका साथ बिक्रीका लागि उपलब्ध गराएको छ। उपभोक्तामाझ पनि निकै चासोका साथ हेरिएको छ। आईसी इन्जिनमा सफल हुन्डाई क्रेटाले विद्युतीय भर्सनमा पनि त्यत्तिकै सफलता पाउने अपेक्षा कम्पनी राखेको छ। 

images
images

क्रेटा ईभीको गुणस्तर र पफर्मेन्समा विश्वस्त रहेका उपभोक्ताको चासो मूल्यमा थियो। लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा ईभीको सुरुवाती मूल्य ५१ लाख ९६ हजार रुपैयाँ तोकेको छ। क्रेटा ईभी दुई मोटर तथा ब्याट्री अप्सनमा नेपाली बजारमा उपलब्ध रहेको छ। 

images
images

यसैगरी क्रेटा ईभी प्रिमियम भर्सनको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ।

यसअघि कोना ईभी र आयोनिक फाइभ ईभी बिक्री गर्दै आएको लक्ष्मी इन्टरकन्टिनेन्टलले एसयूभी सेगमेन्टको मास मार्केट ईभीका रुपमा क्रेटा ईभीलाई बजारमा ल्याएको हो। 

पछिल्लो पटक विद्युतीय कारमा निकै प्रतिस्पर्धा बढ्दै गइरहेको छ। त्यसका बीच हुन्डाई क्रेटा ईभी आफ्नो सेगमेन्टमा आउने अन्य ब्रान्डका विद्युतीय कारसँग प्रतिस्पर्धा गर्न सक्नेगरी तयार भएको छ।

उत्कृष्ट विशेषता र आकर्षक डिजाइनमा बनेको क्रेटा इलेक्ट्रिक हुन्डाईको आयोनिक फाइभ विद्युतीय कारबाट पनि प्रभावित छ। पिक्सेलेटेड ग्राफिक फ्रन्ट-ग्रिल, पिक्सेलेटेड ग्राफिक लोअर बम्पर र पिक्सेलेटेड ग्राफिक रियर बम्परलगायत क्रेटा ईभीमा आयोनिक फाइभका विशेषता झल्किन्छन्। 

रिभर्सिङ लाइटको साथ गाडीको ग्रिल तथा कम्पनीको लोगो भागमा नै चार्जिङ पोर्ट राखिएको छ। क्रेटा ईभीको ब्याट्री, मोटर पावर र सबैजसो विशेषताहरू बाहिर आइसकेका छन्। 

क्रेटा इलेक्ट्रिक दुईवटा ब्याट्री प्याकमा उपलब्ध भएको छ। लक्ष्मी इन्टरनेसनलले नेपाली बजारमा क्रेटा ईभी दुवै ब्याट्री अप्सन ल्याएको हो। हुन्डाईले क्रेटा ईभी ४२ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध गराएको छ। जसको ४२ किलोवाट आवरको ब्याट्रीले ३ सय ९० किलोमिटर रेन्ज दिने एआरएआईले प्रमाणित गरेको छ। 

४२ किलोवाट ब्याट्री प्याकसहतिको क्रेटा ईभीमा ९९ किलोवाटको मोटर पावर हुने छ भने यसले १ सय ३५ पीएस पावर जेनेरेट गर्ने छ।

क्रेटा ईभी २६ सय १० एमएमको ह्वील बेसको साथमा २ सय एमएमको उच्च ग्राउन्ड क्लियरेन्स रहेको छ। ४ सय ३३ लिटरको बुट स्पेस र २२ लिटरको फ्रंक रहेको क्रेटा ईभीमा छ। 

हुन्डाईले क्रेटा ईभीमा डीसी चार्जर उपलब्ध गराएको छ। ५० किलोवाटको डीसी फास्ट चार्जरबाट १० देखि ८० प्रतिशत चार्ज ५८ मिनेटमै हुने दाबी कम्पनीको छ। त्यस्तै ११ किलोवाटको एसी फास्ट चार्जरबाट ४२ किलोवाटको क्रेटा चार्ज गर्न ४ घण्टा र ५१.४ किलोवाटलाई ४ घण्टा ५० मिनेट लाग्ने कम्पनीले जनाएको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा ईभीको बिक्री थाल्नुअघिबार्ट चार्जिङ पूर्वाधार र सर्भिस नेटकर्व मजबुत बनाउन लागि गरेको छ। क्रेटा ईभी मासमा बिक्री हुने भएकाले त्यसका लागि पर्याप्त चार्जिङ नेटर्वक र सर्भिस उपलब्ध गराउन देशभर आफ्नो सर्भिस तथा शोरुम सञ्जाललाई थप ईभीमैत्री बनाइएको लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ। 


प्रकाशित : सोमबार, चैत ११ २०८११९:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend