बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

ग्लोबल मनी विक २०२५ : महालक्ष्मी विकास बैंकका सातै प्रदेशका शाखाबाट वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम

images
सोमबार, चैत ११ २०८१
images
images
ग्लोबल मनी विक २०२५ : महालक्ष्मी विकास बैंकका सातै प्रदेशका शाखाबाट वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम

यी कार्यबाट किशोरकिशोरी तथा युवायुवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

images
images

काठमाडौं- महालक्ष्मी विकास बैंकले 'ग्लोबल मनी विक २०२५' को अवसरमा साताव्यापी वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम गरेको छ।

images
images

चैत ४ गतेदेखि चैत १० गतेसम्म बैंकले वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी देशैभरी सातवटै प्रदेशमा रहेका आफ्ना विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयमार्फत वित्तीय साक्षरता, र्‍याली तथा सचेतनाका कार्यक्रमहरु सम्पन्न गरेको हो।

images
images

यस साताव्यापी अभियानअन्तर्गत बैंकका विभिन्न शाखा कार्यालयले विद्यार्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकासका लगि वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम सञ्चालन गरेको थियो।

images
images

देशभरी गरिएको कार्यक्रमहरुमा एक हजार दुईसय जनाभन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रमहरुमा बचत, कर्जा, लगानी, सफा नोट, विद्युतीय वित्तीय सेवाहरु, विप्रेषण, गुनासो सुनुवाइ, वित्तीय सेवा प्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुहरुमा जानकारी गराइएको थियो।

साथै बैंकको आधिकारिक सामाजिक सञ्जालका माध्यहरुबाट समेत विभिन्न सचेतनामूलका जानकारीहरु पोष्ट गर्नुका साथै भिडियो सामाग्रीहरु समेत प्रसारण गरिएको छ। यस कार्यबाट किशोर/किशोरी तथा युवा/युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै 'महालक्ष्मी स्मार्ट साथी' सञ्चालनमा ल्याएको छ। 


प्रकाशित : सोमबार, चैत ११ २०८११३:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend