बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

नेपालमा १८ वर्षमाथिका ७० प्रतिशतले लगाए पूर्ण खोप

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २० २०७८
images
images
नेपालमा १८ वर्षमाथिका ७० प्रतिशतले लगाए पूर्ण खोप
images
images

काठमाडौं- नेपालले कोभिड-१९ विरुद्धको खोप अभियानमा नयाँ कोशेढुङ्गा पार गरेको छ। नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिहरूलाई पूर्ण खोप प्रदान गरेको हो।

images
images

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले ७० प्रतिशत बयस्क जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकामा नेपाललाई बधाई पनि दिएको छ।

images
images

'सत्तरी प्रतिशत जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकामा नेपाललाई बधाई। यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो। एकजुट भई सहकार्य गरे जे पनि सम्भव हुने यसले सावित गरेको छ' डब्ल्युएचओ नेपालले ट्वीटरमार्फत बधाई दिँदै भनेको छ।

images
images

नेपाल सरकारले चैत मसान्तसम्म १८ वर्षमाथिका १०० प्रतिशत नागरिकलाई पूर्णखोप लगाइसक्ने लक्ष्यसहित देशभर खोप अभियान चलाइरहेको छ। 


प्रकाशित : बिहीबार , माघ २० २०७८११:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend