बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

२ करोड ९५ लाख लागतमा तयार भयो प्रहरी चौकी खार्पाको भवन

images
सोमबार, चैत ११ २०८१
images
images
२ करोड ९५ लाख लागतमा तयार भयो प्रहरी चौकी खार्पाको भवन

दुई करोड ९५ लाख ३२ हजार रूपैयाँको लागतमा उक्त भवन निर्माण गरिएको हो। नवनिर्मित भवनमा साना ठूलो गरी ११ कोठा छन्।

images
images

खोटाङ- स्थापनाको १२ वर्षपछि रावाबेँसी गाउँपालिका-२ खार्पास्थित प्रहरी चौकी खार्पाले आफ्नै भवन निर्माण गरिएको छ। दुई करोड ९५ लाख ३२ हजार रूपैयाँको लागतमा उक्त भवन निर्माण गरिएको हो। 

images
images

विसं २०६९ मा स्थापना भएको खार्पा प्रहरी चौकीले अघि साविक खार्पा गाउँ विकास समिति (गाविस) कै पुरानो भवनबाट सेवा प्रदान गर्दै आएको थियो। स्थापना भएको १२ वर्षसम्म साँघुरो तथा कच्ची भवनबाट सेवा प्रवाह गर्दै आएको थियो।

images
images

नवनिर्मित भवनमा साना ठूलो गरी ११ कोठा छन्। साढे दुई तले सो भवनमा कार्यालय प्रमुख कक्ष, सञ्चार कक्ष, महिला तथा पुरुष हिरासत कक्ष, महिला र पुरुष ब्यारेक, प्रमुख आवाश तथा मरोजञ्जन हल निर्माण गरिएको छ।

images
images

कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले आइतबार सो भवनको उद्घाटन गरेका हुन्। सुविधासम्पन्न भौतिक संरचनाले प्रहरीलाई सेवा प्रवाह गर्न मनोबल बढ्ने उनको भनाइ थियो। रासस


प्रकाशित : सोमबार, चैत ११ २०८१११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend