बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

दाङमा प्लाई उद्योग आगलागी, ३० घर जोखिममा

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत ११ २०८१
images
images
दाङमा प्लाई उद्योग आगलागी, ३० घर जोखिममा

आगलागीबाट प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउने मेसिनलगायत सामग्री जलेर नष्ट भएको छ। उद्योगमा गएराति २ बजेदेखि लागेको आगो अझै निभाउन सकिएको छैन।

images
images

दाङ- घोराही उपमहानगरपालिका-९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ। उक्त उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हो। 

images
images

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार आठ बिघा क्षेत्रफलमा रहेको सो उद्योगमा आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा रहेका छन्। ती घरका सामान बाहिर निकाल्ने काम भइरहेको छ भने त्यहाँ बस्दै आएका नागरिकलाई सुरक्षित स्थानमा लगिएको उनले बताए। 

images
images

आगलागीबाट प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउने मेसिनलगायत सामग्री जलेर नष्ट भएको छ। उद्योगमा गएराति २ बजेदेखि लागेको आगो अझै निभाउन सकिएको छैन।

images
images

अहिले घोराही, तुलसीपुर, लमही, गढवा र कपिलवस्तुबाट ल्याइएका  दमकलको सहयोगमा आगो निभाउने काम भइरहेको छ। आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासी खटिएका छन्। रासस

 


प्रकाशित : सोमबार, चैत ११ २०८११०:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend