शनिबार, असोज ५ गते २०८१    
images
images

क्यान महानिर्देशकको कार्यभार सम्हाले प्रदीप अधिकारीले, निजगढ विमानस्थल प्राथमिकतामा 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २० २०७८
images
images
क्यान महानिर्देशकको कार्यभार सम्हाले प्रदीप अधिकारीले, निजगढ विमानस्थल प्राथमिकतामा 

प्राधिकरणका उपमहानिर्देशकहरुले महानिर्देशकसँग सहकार्य गरेर अघि बढ्ने र संस्थागत हितका लागि काम गर्ने प्रतिबद्धतता जनाएका थिए। 

images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले कार्यभार सम्हालेका छन्। अधिकारीलाई सरकारले माघ १७ गतेको मन्त्रिपरिषदको बैठकबाट महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो। 

images
images
images

प्राधिकरणकै निर्देशकको रुपमा कार्यरत अधिकारीले महानिर्देशकको पदभार सम्हाल्दै हवाई सुरक्षा तथा पूर्वाधार निर्माणलाई जोड दिने प्रतिबद्धतता जनाएका छन्।

संस्थागत हितका लागि आफू सदैव कटिबद्ध रहने बताउँदै अधिकारीले पूर्वाधार निर्माणमा तत्काल भैरहवा विमानस्थल सञ्चालनका गर्ने र त्यसपछि पोखरा विमानस्थलको सञ्चालनका लागि तयारी गर्नुपर्ने दायित्व रहेको बताए। 

पोखरा र भैरहवापछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल जसरी पनि निर्माण गर्नुपर्ने उनको भनाइ छ। 

images

'पोखरा र भैरहवा विमानस्थल सञ्चालन आएपछि हाम्रो निर्माणको काम सकिँदैन। हामीलाई अत्यावश्यक प्राइमरी इन्टरनेशन विमानस्थल चाहिन्छ। जसका लागि हामी खटिनुपर्ने अवस्था छ' उनले भने'पर्यटनलाई अर्थमन्त्रको मुख्य आधार बनाउँदै गर्दा विमानस्थलजस्ता पूर्वधार चाहिन्छ।' 

प्राधिकरणका उपमहानिर्देशकहरुले महानिर्देशकसँग सहकार्य गरेर अघि बढ्ने र संस्थागत हितका लागि काम गर्ने प्रतिबद्धतता जनाएका थिए। 


प्रकाशित : बिहीबार , माघ २० २०७८११:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend