बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

आजको मौसम : देशभर आंशिक बदली

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत ११ २०८१
images
images
आजको मौसम : देशभर आंशिक बदली

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ।

images
images

काठमाडौं- हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। आज देशभर आंशिक बदलीदेखि मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

images
images

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ। 

images
images

कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। आज राति देशभर आंशिक बदलीदेखि मौसम सफा रहने विभागले जनाएको छ। 

images
images

आगामी २४ घण्टामा कोशी प्रदेशका पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। रासस


प्रकाशित : सोमबार, चैत ११ २०८११०:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend