बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

स्रोतको सही सदुपयोग गरी मुलुकको आर्थिक विकासमा लाग्नुपर्छ : ऊर्जामन्त्री खड्का

images
आइतबार, चैत १० २०८१
images
images
स्रोतको सही सदुपयोग गरी मुलुकको आर्थिक विकासमा लाग्नुपर्छ : ऊर्जामन्त्री खड्का

‘प्रथम राष्ट्रिय पानी सम्मेलन-२०८१’ को समापन सत्रमा उनले मुलुकभित्र भएको स्रोतसाधनको सही सदुपयोग गरी न्यायोचित वितरणमा लाग्नुपर्ने बताए।

images
images

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले स्रोतको सही सदुपयोग गरी मुलुकको आर्थिक विकासमा लाग्नुपर्ने बताएका छन्।

images
images

शनिबारदेखि सुरु भएको ‘प्रथम राष्ट्रिय पानी सम्मेलन-२०८१’ को समापन सत्रमा उनले मुलुकभित्र भएको स्रोतसाधनको सही सदुपयोग गरी न्यायोचित वितरणमा लाग्नुपर्ने बताए।

images
images

मन्त्री खड्काले सबै राजनीतिक दलको साझा धारणा मुलुकलाई जलस्रोतमार्फत समृद्ध बनाउने भएकाले सम्मेलनमा उठेका सुझावलाई सरकारले ग्रहण गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

images
images

'सम्मेलनमा हिमनदीको संरक्षण, एकीकृत जलस्रोत व्यवस्थापन, जल सुशासन र जनसहभागिता, अन्तरदेशीय सहकार्य, बृहत् आयोजनाबाट हुनुपर्ने सेवा प्रवाह, जलस्रोतको बहुउपयोग र जलवायु परिवर्तन, कृषि उत्पादकत्व, खानेपानी र सरसफाइ, जलस्रोतको उपयोगका विषयमा गहन छलफल भएको छ। यसलाई मार्गदर्शनका रूपमा स्वीकार्दै कार्यान्वयन गर्न मन्त्रालय लाग्नेछ', उनले भने।

जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुप्रसाद भेटुवालले दुई दिने सम्मेलनले गरेको प्रतिबद्धतालाई आयोगले कार्यान्वयनमा लैजाने बताए। उनले पानीमार्फत मुलुकमा रोजगारी सिर्जना गर्नका लागि यस्ता सम्मेलनले सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सम्मेलनले नौ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ। रासस


प्रकाशित : आइतबार, चैत १० २०८११८:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend