बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

योगदानमा आधारित स्वास्थ्य बीमा प्रणालीको आवश्यकता छ : मन्त्री पौडेल

images
आइतबार, चैत १० २०८१
images
images
योगदानमा आधारित स्वास्थ्य बीमा प्रणालीको आवश्यकता छ : मन्त्री पौडेल

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारले बीमाका लागि छुट्याउने रकमको दोब्बर तेब्बरले खर्च बढेकाले सरकारले योगदानमा आधारित स्वास्थ्य बीमा प्रणालीलाई अघि सारेको बताए।

images
images

दाङ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जनताको पहिलो आवश्यकता स्वास्थ्य सेवा भएको बताएका छन्।

images
images

नेपाली कांग्रेस दाङले आज यहाँ आयोजना गरेको भेटघाट कार्यक्रममा उनले त्यो आवश्यकतालाई सम्बोधन गर्न योगदानमा आधारित स्वास्थ्य बीमा प्रणालीको आवश्यकता रहेको बताए। अहिलेको अवस्थामा सरकारले मात्रै लगानी गरेर जनतालाई बीमा सेवालाई निरन्तरता दिन सक्ने अवस्था नरहेको भन्दै मन्त्री पौडेलले निजी क्षेत्रलगायतको यसमा सहयोग आवश्यक रहेको बताए।

images
images

सरकारसँगै बीमामा सुर्ती र मदिराबाट उठ्ने करको ५० प्रतिशत रकम, सरकारी क्षेत्र र विभिन्न संघसंस्थामा काम गर्नेहरूले दुई प्रतिशत बीमा बोर्डमा जग्मा गर्नसक्ने अवस्था भए यस क्षेत्रमा देखिएका समस्या हट्ने र सेवालाई प्रभावकारी बनाउन सकिने उनको भनाइ छ।  

images
images

मन्त्री पौडेलले सरकारले बीमाका लागि छुट्याउने रकमको दोब्बर तेब्बरले खर्च बढेकाले सरकारले योगदानमा आधारित स्वास्थ्य बीमा प्रणालीलाई अघि सारेको बताए। बीमाको रकम भुक्तानी दाबी गरिँदा बेथिति रहेको गुनासो आइरहेकाले  त्यसमा सुधारको आवश्यकता औँल्याउँदै उनले भने, 'स्वास्थ्य बीमा क्षेत्रमा केही विकृति देखिएका छन्। उपचार नै नगरेर भुक्तानी माग्ने गरेको गुनासो पनि आउने गरेका छन्। यस्तो कार्य गलत हो, साँच्चै त्यस्तो भएको पाइए कारबाही हुन्छ।' 

मन्त्री पौडेलले अस्पतालले नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न ध्यान दिनुपर्नेमा जोड दिए। सरकारी अस्पतालको भौतिक सुधारसँगै उपकरण र जनशक्ति व्यवस्थापन आफ्नो मुख्य प्राथमिकता रहेको भन्दै उनले अस्पतालको फार्मेसीमा औषधि नराख्ने, सरकारी अस्पतालबाट सेवा दिने अवस्थामा पनि बिरामीलाई बाहिर रिफर गरेको पाइए कडा कारबाही हुने चेतावनी दिए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री पौडेलले सरकारले जनतालाई उपलब्धिको महसुस गराउन नसके २०८४ सालको निर्वाचनमा अप्ठेरो पर्ने बताए। देशका प्रमुख दुई पार्टी कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनेको र सरकारले जनतालाई परिवर्तनको महसुस गराउने गरी काम गर्ने प्रयत्न गरिरहेको उनको भनाइ थियो। रासस


प्रकाशित : आइतबार, चैत १० २०८११७:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend