मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

रोकिएन सेयर बजारको ओरालो यात्रा, लगातार ११९ अंकले घट्यो

आइतबार, चैत १० २०८१
रोकिएन सेयर बजारको ओरालो यात्रा, लगातार ११९ अंकले घट्यो

काठमाडौं- चैत महिना लागेयता सेयर बजार लगातार ओरालोतिर लागेको छ। सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाँति भइरहँदा चैत महिनामा पनि बजार उतारचढावबीच लगातार ओरालोतिर नै देखिएको हो। 

यो साता पहिलो कारोबारमा आज आइतबार ५३.०४ अंकले घटेर बजार २६१६.२६ बिन्दुमा झरेको छ। ६ अर्ब ३२ करोड १ लाख रुपैयाँको कारोबार भएको बजारमा १३ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। आइतबार २३० कम्पनीको सेयर मूल्य घटेको छ। 

गएको साता पनि आइतबार २१.६३, सोमबार १०.१४, मंगलबार ७.६६ र बुधबार १४.८८ अंकले घटेको बजार बिहीबार पनि १२.३८ अंकले  ओरालोतिर नै लागेको थियो। 

पछिल्लो समय लगातार २११.०१ अंकको वृद्धिपछि ओरालोतिर लागेर लगातार नै १७१.०७ अंकले घटेको सेयर बजारमा गएको साता बुधबार दोहोरो अंकको वृद्धि देखिएको थियो। तर त्यसयता बजार निरन्तर ओरालोमा छ। 

'साइडवेज'मा रहेको बजारमा बढी ओरालोतिर लाग्दा बजारको गति आँकलन गर्न कठिन देखिएको छ। पर्ख र हेरको सोचमा रहेका लगानीकर्ताहरूले बजारको स्थायी सुधारका लागि राजनीतिक र नीतिगत स्थिरता चाहने विश्लेषकहरू बताउँछन्। पछिल्लो समय राजनीतिक घटनाक्रममा बढेका विभिन्न हल्लाहरूले लगानीकर्ताको मनोविज्ञानमा असर गरिरहेको उनीहरूको भनाइ छ। 


प्रकाशित : आइतबार, चैत १० २०८११५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend