शनिबार, असोज ५ गते २०८१    
images
images

कोभिड-१९ विरुद्धको खोपमा नेपालको नयाँ कोशेढुंगा

images
बिहीबार , माघ २० २०७८
images
images
कोभिड-१९ विरुद्धको खोपमा नेपालको नयाँ कोशेढुंगा

नेपाल सरकारले चैत्र मसान्तसम्म १८ वर्ष माथिका १०० प्रतिशत नागरिकलाई पूर्णखोप लगाइसक्ने लक्ष्य सहित देशभर खोप अभियान चलाइरहेको छ।

images
images

काठमाडाैं- नेपालले कोभिड-१९ विरुद्धको खोप अभियानमा नयाँ कोशेढुंगा पार गरेको छ। नेपालले १८ वर्ष माथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिहरुलाई पूर्ण खोप प्रदान गरेको हो।

images
images
images

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ७० प्रतिशत वयस्क जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकोमा नेपाललाई बधाई पनि दिएको छ।

‘७० प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई। यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो। एकजुट भइ सहकार्य गरे जे पनि सम्भव हुने यसले साबित गरेको छ,’ डब्ल्यूएचओ नेपालले ट्विटरमार्फत् बधाई दिँदै भनेको छ।

नेपाल सरकारले चैत्र मसान्तसम्म १८ वर्ष माथिका १०० प्रतिशत नागरिकलाई पूर्णखोप लगाइसक्ने लक्ष्य सहित देशभर खोप अभियान चलाइरहेको छ।

images


प्रकाशित : बिहीबार , माघ २० २०७८१०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend