शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

जाल्पा सामुदायिक लघुवित्तको ५ करोड २२ लाखको आईपीओ भोलिदेखि भर्न पाइने, कति दिने आवेदन?

images
बिहीबार , माघ २० २०७८
images
जाल्पा सामुदायिक लघुवित्तको ५ करोड २२ लाखको आईपीओ भोलिदेखि भर्न पाइने, कति दिने आवेदन?
images
images

काठमाडौं- जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले भोलि शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अङ्कित मूल्यमा ५ करोड २२ लाख मूल्य बराबरको ५ लाख २२ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ)को बिक्री खुला गर्न लागेको हो।

images
images
images

निष्काशन गरिने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको र जारी पुँजीको शुन्य दशमलव पाँच प्रतिशत अर्थात् आठ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरि बाँकी रहने ४ लाख ८७ हजार ९०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले यही शुक्रबारदेखि आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ।

images
images

सर्वसाधारणले माघ २५ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार २ सय २० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यो अवधिसम्म माग बमोजिम आवेदन नआए आगामी फागुन ६ गतेसम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ।

images
images

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोसेयर’ प्रयोग गरेर पनि सेयर खरिदका लागी आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ। 

कम्पनीको पुँजीको संरचनामा अधिकृत पुँजी २५ करोड र हालको जारी पुँजी १६ करोड बराबरको तथा तत्कालको चुक्ता पुँजी १० करोड ७८ लाख छ। विवरणपत्रमार्फत सर्वसाधारणलाई खरिदका लागि खुला गरेको सेयरको बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी १६ करोड पुग्नेछ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी आइआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ। रेटिङ अनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने बुझिन्छ।


प्रकाशित : बिहीबार , माघ २० २०७८०८:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend