सोमबार, चैत २५ गते २०८१     ८ : ४३ : ४९
सोमबार, चैत २५ २०८१
images
images

मनाङको फू गाउँमा सशस्त्रको 'बीओपी' राखिने

images
शनिबार, चैत ९ २०८१
images
images
मनाङको फू गाउँमा सशस्त्रको 'बीओपी' राखिने

समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा बीओपी स्थापना गर्न लागिएको हो।

images
images

मनाङ- हिमाली जिल्ला मनाङ र चीनको सिमानामा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिने भएको छ। सीमा नाका निर्धारण गर्ने उद्देश्यले नार्पाभूमि गाउँपालिकामा बीओपी स्थापना गरिने भएको हो।

images
images

नार्पाभूमि गाउँपालिका-४ फू गाउँमा बीओपी स्थापना गरिने जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा बीओपी स्थापना गर्न लागिएको हो।

images
images

प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले सीमामा सहजता र सुरक्षाका लागि बीओपी स्थापना गर्न लागिएको बताए। उनले बीओपी स्थापनाका लागि २० रोपनी जग्गा दीर्घकालीन रुपमा भाडामा सशस्त्र प्रहरीलाई उपलब्ध गराइएको जानकारी दिए। सरकारी जग्गा आवश्यकताअनुसार सशस्त्र प्रहरीले उपयोग गर्ने गरी भाडामा जग्गा उपलब्ध गराइएको प्रजिअ आचार्यले बताए।

images
images

जग्गा भाडाको प्रमाणपत्र सशस्त्र प्रहरी बल नं. ३२ का गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक हिराबहादुर जिसीलाई एक कार्यक्रमबीच बिहीबार हस्तान्तरण गरिएको छ। 'फू क्षेत्र मनाङको विकट क्षेत्र हो। हालसम्म सडक सञ्जाल समेत नपुगेकाले बीओपी स्थापनापछि सीमा सुरक्षा तथा निगरानीका साथै अन्तरदेशीय अपराध नियन्त्रण प्रभावकारी हुने अपेक्षा गरिएको छ', प्रजिअ आचार्यले भने।

बीओपीमा प्रहरी निरीक्षकसहित ३५ जना सशस्त्र प्रहरी खटाइने छ। प्रजिअ आचार्यले नार्पाभूमि गाउँपालिकासँग समन्वय गरेर अघि बढ्ने र जतिसक्दो छिटो बीओपी गरिने बताए।

उनले बीओपी स्थापना पछि शान्ति सुरक्षा, विपद व्यवसथापन तथा लेक लागेर बिरामी हुने पर्यटकको उद्धारमा थप प्रवभाकारी हुने अपेक्षा गरिएको बताए। नार्पाभूमि चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको पालिका हो। फू गाउँ पुग्न सदरमुकाम चामेबाट दुई दिन लाग्दछ। रासस


प्रकाशित : शनिबार, चैत ९ २०८१११:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend