सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

चितवनका तीन पालिकामा सुकुम्बासीको जग्गा नापिँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २० २०७८
images
images
चितवनका तीन पालिकामा सुकुम्बासीको जग्गा नापिँदै

भरतपुरका ६ वडा, कालिका र माडीका ३/३ वडाबाट काम सुरु गर्न लागिएको हो।

images
images

चितवन- चितवनका तीन पालिकामा बिहीबारदेखि सुकुम्बासीको जग्गा नापिने भएको छ। राष्ट्रिय भूमि आयोगले जग्गा नापिको काम सुरु गर्न लागेको हो।

images
images

आयोगले जग्गा नाप्नु पूर्व तीन पालिका भरतपुर महानगरपालिका, कालिका र माडी नगरपालिकाका अमिन तथा सर्वेक्षकलाई बुधबार प्रशिक्षण दिएको थियो।

images
images

आयोगका जिल्ला अध्यक्ष बद्रि तिमिल्सीनाका अनुसार भरतपुरका ६ वडा, कालिका र माडीका ३/३ वडाबाट काम सुरु गर्न लागिएको हो। सुरुवाती गरेका वडा सकिएसँगै अन्य वडाको काम थालिने छ। 

images
images
images

भरतपुरमा ३५ दिन, कालिका नगरपालिकामा २० दिन र माडी नगरपालिकामा १५ दिनमा काम सम्पन्न गरि सम्बन्धित पालिकामा लगत बुझाउने गरि योजना बनाइएको छ। पालिकाले जिल्लास्थित राष्ट्रिय भूमि आयोगमा सो लगत पठाउने छ। तिमिल्सीनाका अनुसार नापजाँचका लागि २७ अमिन र नौ सर्वेक्षकलाई प्रशिक्षण दिइएको छ। रासस


प्रकाशित : बिहीबार , माघ २० २०७८०७:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend